सिमकोट । नेपाल कम्युननिष्ट पार्टी नेकपा एमाले निकट रहेको भातृ संगठन नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति हुम्लाले जिल्ला अस्पताल हुम्लाका बिरामीहरुलाई हर्लिक्स र फलफुलका साथै जिल्ला कारागार हुम्लाका कैदी बन्दीहरु लाई कम्मल बितरण गरेको छ ।
सोमबार नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिती हुम्लाको आयोजनामा सहिद मनोज जोशी, झपेन्द्र कार्की, सुरेन्द्र विकको स्मृति दिवसको अवसमा जिल्ला अस्पताल हुम्लामा रहेका नौ जना विरामिलाई हर्लिक्स, फलफुल र जिल्ला कारागार हुम्लाका कैदी बन्दीहरुलाई कम्मल वितरण गरेकोे नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष महेन्द्र रोकायाले जानकारी दिनु भयो ।
कर्मचारी संगठनले सामाजिक कार्य अन्तर्गत र सामाजिक भावानत्मक कार्य गदै अस्पतालमा भर्ना भएका उपचाररत विरामीहरुलाई थोरै भएपनि उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफुल सहयोगको र कारागारका कैदी बन्दीहरुलाई कम्मल सहयोग गर्न पाउँदा खुसी भएको अध्यक्ष रोकाया बताउनुभयो । निजामती कर्मचारी संगठन जिल्लामा आउदा दिनहरुमा अझै यस्ता सामाजिक कार्य र बिभिन्न रचनात्मक क्रियाकालपहरु गर्ने अध्यक्ष महेन्द्र रोकायाले बताउनु भयो ।
हर्लिक्स, फलफुल र कम्मल वितरण कार्याक्रममा जिल्ला अस्पताल हुम्लाका कार्यलय प्रमुख डा. उमाकान्त तिवारी , नेपाल निजामती कर्मचारी संगठन हुल्लाका अध्यक्ष महेन्द्र रोकाया, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य भक्त बहादुर शाही , जिल्ला सल्लाकार गिता लामा, जिल्ला कार्यसमितीका सचिव धर्मराज बोहरा , सह सचिव मिमसिंह नेपाली, नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष शुरेस परियार,स्वास्थ्यकर्मी र संञ्चारकर्मी लगायत नेपाल निजामती कर्मचारी संगठन हुम्लाका जिल्ला कार्यसमितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।