जेठ २६, काठमाडौं । नेपाल वायुसेवा निगमको उडान नम्बर २०५ को एयरबस ३२०-२०० जहाज ठूलो दुर्घटनाबाट बचेको छ ।
बिहान ८ बजेको उडानमा दिल्ली जाने तर्खर गर्दैगर्दा उत्तः दुर्घटनाबाट बचेको हो । जहाजमा क्याप्टेन पाकिस्तानी पाइलट मोहमद घानी थिए भने को-पाइलटको रुपमा पाइलट उद्धव घिमिरे थिए।
दिल्ली उडानका लागि तयार भएको निगमको जहाजमा इन्टरनलर रेफ्रिरेन्स सिस्टम ९आईआरएस० अन नगरी टेक अफका लागि रन-वे पुर्याइएको खुलेको छ।
जब कि कुनै पनि जहाज पार्किङ-वेबाट उडानका लागि रन-वेतर्फ जाँदै गर्दा आईआरएस सिस्टमले पूर्ण रुपमा काम गरिसकेको हुनपर्छ। पाइलटको लापरवाहीले सिस्टमनै अन नगरी ट्याक्सी-वेबाट रन-वेतर्फ लग्न खोजिएको थियो। अन्तिम समयमा मात्रै सिस्टम अन नभएको थाहा पाइएको थियो।
त्यसपछि जहाजलाई पुनः ट्याक्सी-वे मा नै केही बेर रोकिएको थियो। ट्याक्सी-वे मा नै रोकेर मात्रै सिस्टम अन गरेको निगमका एक इन्जिनियरले बताए।
आईआरएस सिस्टम पूर्ण रुपमा काम गर्न करिब १० मिनेटको सयम लाग्छ। तर, निगमका क्याप्टेन घानी र नेपाली को-पाइलट घिमिरेको कमान्डमा रहेको जहाजले आईआरएस सिस्टम नै अन नगरी जहाज पार्किङ-वेबाट रन-वेतर्फ लगेको स्रोतले जानकारी दियो।
जहाज टेक अफको लागि रन-वेतर्फ गइसकेपछि चालक दलका सदस्यले आईआरएस सिस्टम अन नभएको थाहा पाएका थिए। सिस्टम अन नभएको थाहा भएपछि पार्किङ-वेबाट रन-वेतर्फ लागेको निगमको जहाजले पुनः रन-वेतर्फ जाँदै गर्दा बीचमा जहाज रोकेर आइआरएस सिस्टम अन गरेको ति इन्जिनियरले जानकारी दिए।