जेठ २७, सिमकोट । खार्पुनाथ गाउँपालिकाले खार्पुनाथ सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन भएको छ ।
एक स्थानीय तहमा एक अस्पताल भन्ने सरकारको नीति अनुशार खार्पुनाथमा उत्तः स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । केन्द्रको उद्घाटन कर्णाली प्रदेश सभाका प्रमूख प्रतिपक्ष दलका नेता तथा पुर्वमन्त्री जीवनबहादुर शाही गरे ।
केन्द्रको उद्घाटन गर्दै नेता शाहीले जनताको हितलाई ध्यानमा राखेर गाउँपालिकाले विकास निर्माणका काम गर्नु पर्ने बताए । पालिकाले विकास निर्माण गर्दा दिगो र जन बिश्वास जनताको चाहाना अनुरुप गर्नु पर्नेमा जोड दिए । सुविधा सम्पन स्वास्थ्यको भवनले खार्पुनाथ गाउँपालिकाका जनताले सहज तबरले स्वास्थ्य उपचार पाउनेमा आसा लिएको बताएका शाहीले भने, अब स्वास्थ्य समस्याले अकालमा ज्यान जाँदैन।
उद्घाटन कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले गाउँपालिकाको समग्र विकासका लागि ध्यान दिने जनताको प्रत्यक्ष सरोकार रहेका बिषयहरुमा गाउँपालिकाले लगानी गर्ने गरेको बताउनुभयो । पालिकाले दिर्घकालिन अल्पकालिन योजना बनाएको बताए । खार्पुनाथ गाउँपालिकाले पर्यटन गुरुयोजना बनाएर पर्यटन विकासका लागि काम अगाडी बढाएको अध्यक्ष रावलले बताए । पालिकाले जनताको आवश्यकता अनुसार काम गरेको दावी गरे ।
जिल्लाका अन्य गाउँपालिकाले पनि जनाताको आवश्यकता अनुसार सहिजो तरिकामा सेवा प्रबाह गर्नुपर्ने जिल्ला समन्वय समितीका प्रमुख दान बहादुर रावतले बताए । जनताले निर्वाचीत गरेका जनप्रतिनिधिहरुले जनताको चाहनाअनुरुप काम गर्नुपर्ने प्रमुख रावतको भनाई रहेको थियो ।
सामुदायिक स्वास्थ्य भवन निर्माणमा रु एक करोड दश लाख २८ हजार तीन सय ५८ रुपैया ४६ पैसाको लागतमा निर्माण भएको खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले जानकारी दिए । सामुदायिक स्वास्थय केन्द्रको भवन निर्माणको रु एक करोड दश लाख २८ हजार तीन सय ५८ रुपैया ४६ पैसा मध्य साठी लाख रुपैयाँ छायाँ नेपाल संस्थाले सहयागे गरेको छ भने अन्य लागत रकम गाउँपालिकाको खर्चमा निर्माण सम्पन्नभएको अधिकृत शाहीले जानकारी दिए ।
यस्तै आजै खार्पुनाथ गाउँपालिकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतको फाँटको भवनको पनि उद्दघाटन गरिएको अधिकृत शाहीले जानकारी दिए । गाउँपालिका पदाधिकारीहरुको फाँटको लागत खर्च ४६ लाख ६ हजार सात ३७ रुपैयाँ ३२ पैसामा निर्माण सम्पन्नभएर उद्दघाटन गरिएको हो ।
आजैभएको उद्दघाटन कार्यक्रममा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको स्वागत मन्तव्य राखि सुरु भएको उत्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख दानबहादर रावत सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामा, कोष नियन्त्रक राजन रेग्मी, गाउँपालिका वडाअध्यक्ष,सदस्य, स्थानीय बुद्धिजिवी, समाजसेवी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधी, पत्रकारहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।