सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटमा बुधबार सुशासन, पारदर्शिता र सेवा प्रवाहलाई प्रभावकारी बनाउन लक्षित शासकीय संवाद श्रृङ्खला सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालय हुम्लाको सहजीकरणमा शासकीय संवाद श्रृङ्खला सम्पन्न भएको हो ।
शासकीय संवाद श्रृङ्खलामा निजामती सेवामा योग्यता, क्षमता र जवाफदेहिता सुनिश्चित गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिइएको थियो । त्यस्तै संघियता सवलीकरण गर्न विभिन्न तहका सरकारको भुमिका, कार्य र वित्तिय सम्बन्धमा देखिएका समस्याहरु, योग्यता क्षमता र जवाफदेहिता सुनिश्चित गर्न निजामती सेवामा गर्नु पर्ने सुधारहरु, विश्वसनीय बजेट र प्रभावकारी सार्वजनिक खरिदका लागि सार्वजनिक खरिदका लागि सार्वजनिक वित्तिय व्यवस्थापनमा गर्नु पर्ने सुधारहरु, भ्रष्टचार रोकथाम तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्दा सत्यनिष्ठा प्रणाली सुदृढ गर्ने उपायहरुका विषयमा छलफल गरियको थियो ।
संवादका क्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ९प्रतिरोध०ले संघ, प्रदेश र स्थानीय यि तीन तहको समन्वय राम्रो हुन नसकेको बताउनुभयो । तीन तहका सरकारबीच सहकार्य मार्फत सुशासनलाई सवलीकरण गर्नुपर्ने अध्यक्ष भण्डारीले आफ्नो विचार व्यक्त गर्नुभयो थियो ।
यस्तै उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले, डिजिटल सुशासनलाई सेवा प्रवाहमा जोड दिने क्रममा देखिएका समस्या र समाधानबारे बहस गर्दै, सूचना प्रविधिको प्रभावकारी प्रयोगले मात्र नागरिकमैत्री शासन सम्भव हुने बताउनुभयो । बाणिज्य संघका अध्यक्ष भण्डारीले भन्नुभयो, हुम्ला दुर्गम छ भनेर संघीय सरकारले जहिले हेलाको प्रविधि गर्ने गरेको गुनासो पोख्नुभयो । यहाँका कर्मचारी, नागरिक र जनप्रतिनिधिबीच विश्वास हुन नसकेको उहाँको भनाई थियो ।
संवाद कार्यक्रमा सहभागीहरुले सार्वजनिक सेवामा देखिने गरी सुधार ल्याउने र नागरिकबिच विश्वास कायम गर्न गरिएका राम्रा अभ्यास र सफल पहल गर्न सुझाव दिएका थिए । यद्यपी पूर्व अध्ययन नगरि ल्याइने योजनाका कारण सरकार र जनता दुवैले दुःख पाएको पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले बताउनुभयो । साथै उहाँले बेला(बेलामा कर्मचारीहरूमा शासकिय दम्भ देखिएको जस्तो भान हुने गरेको बताउनुभयो ।
महिला, सीमान्तकृत समूह र भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका जनताका लागि समावेशी शासन सुनिश्चित गर्ने आवश्यकतामा जोड दिइएको थियो । संवादका क्रममा प्रस्तुत सुझाव र धारणा आगामी नीति निर्माण तथा कार्यान्वयनमा उपयोगी हुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सह-सचिव भीष्मकुमार भुषालले बताउनुभयो ।
बुधबार भएको संवाद कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कर्मचारी, कार्यालय प्रमुख, जनप्रतिनिधि, राजनितिक दल, गैरसरकारी संघसंस्थाका कर्मचारी, नागरिक समाजका अगुवा, सञ्चारकर्मीलगायतको उपस्थित रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२ १४:४२