सिमकोट । जिल्ला स्तरिय खुला ब्याटमिन्टन प्रतियोगिता सिमकोटमा शुरु भएको छ । बुधबार आज विहान ८ः०० वजे एक कार्यक्रमका बिच उक्त प्रतियोगिता शुरु भएको हो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ रेजिना मल्टी मिडियोद्धारा उक्त प्रतियोतिा सञ्चालन गरिएको छ । कर्णाली सेरोफेरो डटकमले पुस १४ र १५ गते सिङ्गल र डवलका टिमहरू दर्ता गरि पुस १६ गतेबाट प्रतियोगिता सुरू गरिएको उक्त मिडियोका प्रबन्ध निर्देशक नन्द सिंहले बताउनुभयो ।
खेलको सम्पुर्ण तयारी कार्य पुरापछि बुधबार उद्घाटन संगै विहानी सिफ्टमा तीनवटा ग्यामलाई खेलाइएको थियो । जसमा डबल खेल भिड्नका लागि १५ वटा टिमले टिम दर्ता गराएका थिए भने सिङ्गल खेलका लागि ११ वटा टिम सामेल भएको सिंहले बताउनुभयो । प्रतियेगिताका खेल विहानी र वेलुकी सिफ्टमा सञ्चालन गरिने छ ।
बुधबार उद्घाटन कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले सञ्चारकर्मी र खेलाडीहरूविच सुमधुर सम्बन्ध, सद्भाव र महत्वपुर्ण भुमिका खेल्नका लागि आयोजना गरिएको प्रति धन्यबाद दिनुभयो । उक्त आयोजनाले आगामी दिनमा हुम्ला जिल्लाका खेलाडीहरू उत्पादनमा महत्वपुर्ण भूमिका खेल्ने अध्यक्ष भण्डारीको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले प्रतियोगिता निश्पक्ष, धादली रहितका साथ खेल सञ्चालन हुनेमा विश्वस्त भएको बताउनुभयो । उहाँले मिडियाले नै यो कार्यको थालनि गर्दा गतिशिल, उर्जाशिल र क्षमतावान बनाउने उदेश्य लिएकोले कर्णाली सेरोफेरो डटकमलाई सरोकारवाला निकायको तर्फबाट सहयोग गर्न तत्पर रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगितामा जुनियर टिमको खेल पनि सञ्चालन गरिने भएको छ । खेल सञ्चालनका लागि सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य सेवा कार्यालय, खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड, मालपोत कार्यालय, पुर्वधार विकास कार्यालय, हिल्सा सिमकोट सडक योजना, खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालय, सामाजिक विकास कार्यालय, कृषि विकास कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, पशु अस्पताल तथा भेटेनरी, शिक्षा विकास तथा समन्वय इकाई, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, नेपाल ऐयरलाइन्स, सिता ऐयर र समिट ऐयरले आर्थिक तथा भौतिक सामग्री समेत सहयोग गरेका छन् ।
त्यस्तै कर्णाली सेरोफेरो हुम्लाले आयोजना गरेको प्रतियोगितामा मिडिया पर्टनरका रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, रेडियो कैलाश, रेडियो कर्णाली, रेडीयो श्रीनगर, रेडियो मानसरोवर, मानसरोबर टाइम्स पत्रिका, सिमकोट टाइम्स पत्रिका, नेपालचेक अनलाइन, नेपालबोट अनलाइन, फिल्को मिसन अनलाइन, सुप्रभापोस्ट अनलाईन, उज्यालो प्रेस अनलाइन, कचहरी डटकम लगायतका सञ्चार माध्यम रहेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस १६, २०८२ २१:२८