असार ५, सिमकोट । खार्पुनाथ ५ को बेडुबिसाउनी र कैल्याबालु बिचको कर्णाली नदीमा दुर्घटना भएको जीपसँगै बेपत्ता भएकाकोे खोजिकार्यका लागि गोताखोर टोलीले निकै मेहनताका सथा खोजि कार्य र उद्धारको प्रयास गरेको थियो ।
गृहमन्त्रालयको पहलमा कुरिनटारबाट आएको १० सदस्यीय गोताखोरको टोलीले २ दिनसम्म कर्णाली नदीमा खोज्दा समेत बेपत्ता जीप र सवार ११ जनाको केही नामनिसान फो पार्न सकेन । गोताखोरले लासै भएपनी फेला पारेर आप्mनो अघी ल्याउँछ भन्ने आश गरेका आफन्तलाई निराश मात्रै बनाएन कुशको पुत्लामै अन्तिम दाहसँस्कार गर्नु पर्ने अवस्था आयो । फलस्वरुप जीप दुर्घटनामा बेपत्ता भएका ११ जना मध्ये खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही सहित स्थानीय ९ जनाको कुशको पुत्ला अन्तिम दाहसंस्कार गरिएको छ ।
कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही लगायत बेपत्ता सबैजनाको सव नभेटिएपछि पुत्ला बनाएर आज दाहसंस्कार गरिएको हो ।
गएको मंगलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।
बुधबार अपरान्ह साढे १ बजेदेखि घटनास्थलमा पुगेको गोताखोरको टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि नभेटिए पछि हिन्दु धार्म अनुशार आफन्तले बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका ९ जनाको आज छुट्टाछुट्टै दाहसंस्कार गरेका हुन् ।
बेपत्ता जीप र लासको खोजि कार्यमा कुनै प्रगती नभएपछि आज स्थानीयको माग अनुशार बेपत्ता भएका ९ जनाकै कुशको पुत्ला बनाएर दाहसंस्कार गरिएको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण राववले जानकारी दिए ।
दुर्घटानामा बेपत्ता भएकी उपाध्यक्ष हमालको कुशको पुत्लामा उनकासाढे २ छोरा आषिश शाही र शशुरा कर्णजित शाहीले संयुक्त रुपमा दागबत्ति दिएका छन् भने पालिका अध्यक्ष कर्ण रावल र प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीले संयुक्त रुपमा रावलले राष्ट्रिय झण्डा ओढाएर हमालप्रति अन्तिम श्रद्धाञ्जिली व्यक्त गरेका छन् । जीप दुर्घटनामा सँगै बेपत्ता भएका ओल्डीङ मिस्त्री काठमाडौंका राजु श्रेष्ठ र एक जना नाम नखुलेका कुकको भने दाहसंस्कार गरिएको छैन् ।
बेपत्ता जीप र यात्रुको खाजी कार्यका लागि गृहमन्त्रालयको पहलमा आएको ससश्त्र प्रहरीको गोताखोर टोलीलाई पनि खोजविन गर्न गाह्रो भएपछि घटना स्थलबाट बोलाइएको छ ।
गएको मंगलबार (असार ३ गते) खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानबाट याङ्चु जाने क्रममा बेडु बिसाउनी र कैल्याबालुमा महेन्द्र बोलेर जिप खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएको एकिन भएको थियो ।