सिमकोट । पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा हुम्लाका नेकपा (एमाले) पनि सडकमा उत्रिएको छ ।
पार्टी केन्द्रको निर्णय अनुसार अध्यक्ष ओलीको विनासर्त रिहाईको माग गर्दै एमाले हुम्लाले बिरोध प्रदर्शन गरेको हो ।
बिहान बसेको पार्टी केन्द्रीय सचिवालयको निर्णय अनुसार अपरान्ह ३ बजेदेखि एमालेको विभिन्न जनसंगठनमा आबद्ध कार्यकर्ताहरुले प्रदर्शन गरेको एमाले हुम्लाका उपाध्यक्ष प्रकाशबहादुर शाहीले जानकरी दिए ।
शाहीका अनुसार पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, डबल रावतसहित जिल्लाका समिटीका नेताहरु, जनवर्गिय संघसंगठनका पदाधिकारीहरुको सहभागितामा एमाले हुम्लाले बिरोध प्रदर्शन गरेको हो ।
‘सरकारको राजनीतिक पुर्वाग्रहका आधारमा गैर कानून रुपले हाम्रो पार्टी अध्यक्षलाई गिरफ्तार गरेको बिरोधमा देशका ७७ वटै जिल्ला जसरी जिल्ला कमिटी हुम्लाले पनि बिरोध कार्यक्रमको आयोजना गरेको हो,’ उपाध्यक्ष शाहीले नेपालवोटसँग भने, ‘पार्टीका प्रदेश कमिटी सदस्यद्धय नवराज महतारा र डवल रावतसहित जिल्लामा उपलब्ध जिल्ला कमिटी र भातृ संघसंगठनका नेताहरुको सहभागितामा बिरोध प्रदर्शन गर्ने कार्यक्रम गरिएको हो ।’
आन्दोलनमा सहभागि एमाले नेता तथा कार्यकर्ताको टोलीले नाराबाजी गर्दै सदरमुकाम सिमकोटको लोकतन्त्र चोक हुँदै काठे चुलीमा हुँदै कोणसभामा परिणत भएको थियो । आन्दोलनमा अध्यक्ष ओलीलार्य यहाई गर, राजनीति पुर्वाग्रह बन्द गर, नेकपा एमाले जिन्दाबाद, जनताको बहुदलिय जनबाद जिन्दाबाद, लुसिफरको पाराले दुख पाए साराले, नलायक गृहमन्त्री राजिनामा दे, नलायक सरकार मुर्दाबाद, राजनैतिक प्रतिसोद बन्दगर, गैर कानुनी गिरफ्तारी फिर्ता गर, कार्की आयोगको प्रतिवेदन खारेज गर, बैदेशिक हस्ताक्षेप बन्द गर, भदौ २४ का विध्वांशकारीलाई कार्वाही गर लगायतका नारा लगाउँदै लगाइएको थियो ।
पार्टीको केन्द्रीय निर्णय अनुसार पार्टी अध्यक्ष ओलीलाई रिहा नगरुञ्जेलसम्म बिरोधका विभिन्न कार्यक्रमहरुको आयोजना गरिने उपाध्यक्ष शाहीले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, चैत १४, २०८२ २०:३६