सिमकोट । सर्केगाड गाउँपालिकाको चर्को विवादकै बीच सिमकोटमा जारी १६ औं राष्ट्रपति नरिङशिल्ड सम्पन्न भएको छ ।
गएको वैशाख २२ गतेदेखिशुरु भएको प्रतियोगिताको नतिजा प्रति असन्तुष्टि जनाउँदै सर्केगाड गाउँपालिकाले विरोध जनाए पछि प्रतियागिताको पुरस्कार वितरण कार्यक्रम विवादित बनेको हो ।
प्रतियोगितामा ८ अंक प्राप्त गरेको खार्पुनाथ गाउँपालकालाई शिल्डसहित बिजेता घोषणा गरेर पुरस्कार वितरणको तयारी गरेपछि ७ अंक प्राप्त गरको सर्केगाड गाउँपालिकाका खेलाडीहरुले बिरोध जनाएको प्रतियोगिताका प्रमुख रेफ्री बाँचबहादुर रावतले जानकारी दिए ।
‘आयोजक सामाजिक विकास कार्यालय हुम्लाले दिएको जिम्मेवारी अनुसार शुरुमा सबै पालिकाका टिमहरुलाई हामीले प्रतियोगिताको टाइसेट वितरण गरेका थियौं । उक्त टाइसेट अनुसार गएको वैशाख २२ गते प्रतियोगिताको उद्घाटन भएदेखि निर्वाध रुपमा सञ्चालन भएका खेलमा भएका बिजेताको आधारमा ८ स्वर्ण पदक बिजेता खार्पुनाथ १६ औं राष्ट्रपति रनिङ्ग शिल्डको बिजेता घोषणा गरिएको हो’, प्रमुख रेफ्री रावतले भने, ‘प्रतियोगितामा देखिएका केहि इगोका कारण अन्तमा विवाद सृर्जना भएर खल्लो गर्ने कामभयो ।’
प्रतियोगिताका लागि ५ जना रेफ्रीमध्येका प्रमुख रावतका अनुसार शिल्ड बिजेता खार्पुनाथ गाउँपालिकाले ८ स्वर्ण र उपबिजेता सर्केगाड गाउँपालिकाले ७ स्वर्ण पदक जितेको छ । तर मुख्य रेफ्री रावतको भनाईप्रति सर्केगाड गाउँपालिका मान्न तयार छैन् ।
जिल्लाका सात वटै गाउँपालिकाको सहभागिता रहेको प्रतियोगितामा आफूहरूले बढी अंक प्राप्त गरेको दाबी गर्दै सर्केगाड गाउँपालिकाले आयोजकको निर्णयप्रति आपत्ति जनाएको छ । सर्केगाड गाउँपालिकाका रविन्द्र शाहीका अनुसार एथलेटिक्स अन्तर्गतका १३ खेलमध्ये कबड्डी र तीन हजार मिटर दौड प्रतियोगितामा आफूले दर्ता गराएपनि अन्य गाउँपालिकाले सहभागिता नभएकाले सर्केगाडलाई प्रतिष्प्रर्धा विनै बीजेता घोषणा गर्नुपर्ने माग छ ।
‘राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधन २०८० को अनुसूची ४ बमोजिमका खेल खेलाउने आयोजक सामाजिक विकास कार्यालय हुम्लाको पत्र अनुसार हामीले (सर्केगाड)ले कबड्डी र तिन हजार मिटर दौड समेत दर्ता गराएका थियौं’ सर्केगाड गाउँपालिकाका शाहीले थपे, ‘तर आयोजकले अन्य पालिकाबाट खेलाडी नभएको भन्दै उक्त दुई खेल नखेलाएरै बिजेता घोषणा गरेपछि हामीले बिरोध गरेका हौं ।’
उता आयोजक सामाजिक विकास कार्यालय हुम्लाले राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० को पाँचौ संशोधन २०८० को दफा ९ को उपदफा ४ मा अनुसूची ४ बमोजिमका खेलहरु खेलाउने व्यवस्था गरेको भएपनि उपदफा ९ ले जिल्ला स्तरमा सहभागि हुन आउँदा प्रत्येक स्थानीय तहबाट टिम इभेन्टसहरुमा एक–एक टिम, अन्य टिम इभेन्टसमा बढिमा तिन तिनजना खेलाडीलाई सहभागि गराउन सकिनेछ भन्ने व्यवस्था उल्लेख भएकाले सर्केगाडलाई मात्र एक प्रतिष्प्रर्धा गराउने अवस्था नआएको बताएको छ ।
कबड्डी खेल खेलाउनका लागि हुम्लामा रेफ्रीको पनि व्यवस्था नभएको उल्लेख गर्नु भएका कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले एकै स्थानीय तहले मात्रै कुनै इभेन्टसमा भाग लिन चाहदा र अन्यले भाग नलिएको खण्डमा कसरी मुल्यांकन गर्ने भन्ने व्यवस्थामा निर्देशिका नबोलेकाले पनि सर्केगाडको माग अनुसार गर्न नसकेको प्रतिक्रिया दिए ।
यस्तो छ, विवादको अन्तर्य
पछिल्लो समय जिल्लामा आयोजना हुने प्रायः प्रतियोगिता विवादरहित हुन नसकिरशेको बेला सरकारी प्रतियोगिताका रुपमा रहेको १६ औं राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिताको विवाद अलिक रोचक छ ।
गतवर्षको शिल्ड बिजेता सर्केगाड गाउँपालिका १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितापछिको दुई पटकको बिजेता हो ।
सरकारले जारी गरेको राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकाको दफा १५ को उपदफा १ ले लगातार तीन पटक शिल्ड जिते सँधैका लागि राख्न पाउने भन्ने व्यवस्था भएपछि यो पटक सर्केगाडलाई जसरी पनि जित्नै पर्ने बाध्यता थियो । त्यही अनुसार सर्केगाडले लामो तयारीका साथ निर्देशिकाको अनुसूची ४ अनुसारका सबै विधामा प्रतियोगि तयार गरेको ल्याएको थियो ।
प्रतियोगिता शुरु भएको दिनदेखि निर्वाध रुपमा प्रचियोगिता सञ्चालन भैरहेको बेला छात्रातर्फ ८ सय मिटरको दोड प्रतियोगिताका सन्दर्भमा रेफ्री र सर्केगाड गाउँपालिकाका शिक्षा अधिकारीबीच भएको विवादपछि सर्केगाड थप ससंकीत भएको देखिन्छ ।
एकातर्फ जसरी पनि जित्नै पर्ने प्रेसर त्यसमा एक जना रेफ्रीसँगै विवाद भएपछि परिणम आप्mनो पक्षमा आउदैन की भन्ने हिसाबले सर्केगाड थप चिडिदैं गएको रेफ्री मध्येका एकजनाले जमानकारी दिए ।
‘स्वर्ण पदक बिजेताकै आधारमा शिल्ड जित्ने व्यवस्था भएपछि त्यसपछिका प्रायः खेलमा सर्केगाडबाट सानो कुरामा विवाद सृजना गर्ने स्थितीकै उच्चतम रुप पुरस्कार वितरणमा गरिएको विवाद हो’, ति रेफ्रीले भने, ‘तर हामीबाट प्रचलित निति र नियम विपरित कुनै खेल खेलाउने काम भएको छैन् ।’
त्यससँगै फेरि छात्रातर्फको भलिवलको परिणामले पनि विवादको आगो थप्ने काम गर्यो । खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका छात्रा भलिवल टिमको खेलमा सर्केगाडले खार्पुनाथ विरुद्ध दुई सेट जितेपनि रेफ्रीले सर्केगाडलाई ३ नम्बर दिएपछि नम्बरका आधारमा छात्रातर्फको भलिवलको उपाधी बिजेता सर्केगाड बन्यो । दोस्रो चंखेली गाउँपालिकाको छात्रा टिम बनेको परिणाम रेफ्रीबाट तयार भयो । तर सबै खेललाई नजिकबाट लियालेर हेरेको चंखेलीले खार्पुनाथ र सर्केगाड बीचको खेलमा नियम विपरित एक नम्बर बढि दिएकाले छात्रातर्फबाट भलिवल उपाधीको दावी गर्दै विरोध गरेपछि विवादले थप उग्र रुप लियो । त्यसबाट पनि आयोजक र रेफ्रीप्रति सर्केगाड चिढिने परिस्थिती बन्यो ।
एकातर्फ आप्mना खेलाडीले स्वर्ण दक जित्न नसकेको र अर्कोतर्फ दर्ता गरेको दुई विधामा कुनै पालिका आएका कारण रद्ध गरेपछि शिल्ड हातमा नपर्ने देखेपछि सर्केगाडको आक्रोस बढेको दावी आयोजकले गरेको छ ।
प्रदेशको पत्रले पलाएको आशा
जिल्ला सदरमुकाम सिमकोटमा जारी १६ औं राष्ट्रपति रनङि शिल्ड प्रतियोगितामा भएको विवादले तिब्र रुप लिएपछि थप राय लागि आयोजक सामाजिक विकास कार्यालयले कर्णाली खेलकुद विकास पषिदलाई लिखित पत्राचार गर्यो । त्यसको प्रतिउत्तरमा प्रदेश खेलकुद विकास पषिद्ले पठाएको पत्रले पनि सर्केगाडलाई आशा जगाएपछि विवाद थप चर्कियो । वैशाख २५ गते चलानी नं. ६० को पत्रमा प्रदेश खेलकुद परिषदले सामाजिक विकास कार्यालयलाई दुई बुधें राय दिएको छ । तर उक्त रायमा पनि परिषद आफै कन्फीडेण्ट देखिन्न ।
‘कबड्डी तथा ३००० मिटर दौड खेलमा एकमात्र टिम/खेलाडी सहभागि भएको अवस्थामा सोही टिम खेलाडीलाई दथ म्भाबगति धष्ललभच (प्रतिष्प्रर्धा विना बिजेता) घोषण गर्न सकिने प्ररिषद्का सदस्यसचिव रविन चन्दद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, सोही आधारमा उक्त टिम/खेलाडीलाई नयमि mभमभ िप्रदान गर्न बाधा नपर्ने ।’
परिषदको उक्त व्यवस्था राष्ट्रपति नरिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिकामा कतै देखिन्न । यसले पनि विवादलाई थप चर्काउने काम गरेको देखिन्छ ।

कसरी भयो समधान ?
निकै बेरसम्म नारा जुलस र विरोध भएको प्रतियोगिताको पुरस्कार वितरण अन्तत सकिएको छ । विवाद समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्रहरी प्रमुख शंकर खड्का, जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, गाउँपालिका अध्यक्ष, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एव्म प्रतिनिधिसहित आयोजक र रेफ्रीको बैठकको निर्णयले अन्तमा खार्पुनाथ बिजेता भएको पुरस्कार वितरण गरेको छ । अन्य प्रतिष्प्रधी नभएका खेलका बारेमा निर्देशिकामा कुनै व्यवस्था नभएकाले सञ्चालन भएका खेलका आधारमा खार्पुनाथलाई प्रतियोगिताको बिजेता र सर्केगाडलाई उपबिजेता घोाषणा गरिएको हो ।
सुरक्षाकर्मीको घेरामा शनिबार साँझ उक्त पुरस्कार वितरण गरिएको आयोजक सामाजिक विकास कार्यालय हुम्लाले जनाएको छ । यद्यपी, छात्रातर्फबो भलिवलको उपाधी विवाद भएपछि वितरण नगर्ने निर्ण अनुशार वितरण गरिएको छैन् ।
प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३ २०:३८