सिमकोट । हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा, च्याचौर, रानीसैन लगायतका क्षेत्रमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ ।
दुवै जिल्लाका नागरिक र सरकारले आप्mनो दावी गर्दै दलबलसहित सम्बन्धित क्षेत्रमा जाने उपस्थिती देखाउन थालेपछि दुइ जिल्लाको सिमा विवाद थप पेचिलो बन्न थालेको हो ।
लामो समयदेखि हुम्लाले भोकचलन गर्दै आएको उक्त क्षेत्रमा बाजुरा जिल्लाको तर्फबाट प्रहरी चौकी स्थापनाको प्रक्रिया अघि बढेपछि जिल्लाका स्थानीय तहका प्रमुख गएको वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई उक्त क्षेत्र हुम्लाको दावी गर्दै ज्ञापन पत्र बुझाएपछि विवादले औपचारिक रुपमा धारण गरेको थियो ।
भित्रि रुपमा बाजुराले उक्त क्षेत्र आप्mनो दावी सहित जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी चौकी स्थापना गरेर औपचारिक रुपमा आप्mनो पटक कायम गर्ने नीतिगत कार्य अघि बढाएपछि हुम्लाका स्थानीय तह र नागरिकहरु आक्रोशित भएपछि विवाद उत्कर्षमा पुगेको हो ।
सात वटा स्थानीय तह भएको हुम्लाका गाउँपालिका मध्ये ६ वटाको सिमाना जोडिएको हुम्लाका गाउँपालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षले औपचारिक रुपमा सिमाना आप्mनो दावी गर्दै सरकारलाई प्रहरी चौकी स्थापना कार्यलाई स्थगन गर्न माग गरेपछि यो विवाद दुई जिल्लाको सामुहिक विवादको विषय बनेको हो । पुर्खौदेखि आप्mनो वडाको सिमा क्षेत्र बाजुराले दावी गरेपछि खार्पुनाथ गाउँपालिकाको वडा नम्बर २ थालीले गृह सचिवलाई पत्र लेख्दै दुई जिल्लाको सिमा विवादलाई समाधानका लागि पहल गरिदिन आग्रह गरे । उनलाई २०५३ सालमै थाली सामुदायिक वन मार्फत उक्त क्षेत्र भोक चलन गर्दै आएको र हाल थला सामुदायिक वनको नाममा दर्ता भएकाले उक्त क्षेत्र आप्mनो भएको दावी वडा अध्यक्ष रावलले गर्नु भएको छ ।
यसैगरी खार्पुनाथ २ को थला सामुदायिक वन उपभोक्ता समितिले पनि औपचारिक निर्णय गर्दै उक्त वन क्षेत्र आप्mनो भूभागमा पर्ने भएकाले बाजुराले गर्न लागेको अतिक्रमण रोक्न आग्रह गरेको समितिका अध्यक्ष देवराज रावलले जानकारी दिनुयभो ।
सिमा विवादका कारण दुवै जिल्लाबीच संभावित सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै हुम्ला प्रहरीले प्रहरी उपरिक्षक नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । दुई जिल्ला बीच औपचारिक रुपमा विवाद नआएपनि विगतमा समेत सुरक्षा चुनौती भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक शंकर खड्काले संभावित सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै हुम्लाकोतर्फबकाट प्रहरी उपरिक्षक नेतृत्वमा एक सुरक्षाकर्मीको टोली सिमा क्षेत्रमा पठाइएको जानकारी दिनुभयो ।
सिमानामा सुरक्षा चुनौती दखिशएपछि सुरक्षाकर्मी खटाइदैं
हुम्ला र बाजुरा जिल्लाको जिल्लाको सिमा क्षेत्रको विवादलाई लिएर काठमाडौमा पनि छलफल भएको छ ।
प्रतिनिधिसभा सदस्य जयपति रोकायाको पहलमा दुई जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य प्रहरी अधिकारीसहित मन्त्रालयमा छलफल भएको हो । सिमान क्षेत्र जोडिएका दुवै जिल्लाका स्थानीय तहले बलियो गरेर दावी गरिरहेको र त्यसमा स्थानीय नागरिकहरु थप आक्रोसित भैरहेको बेला संभावित अप्रीय घटनाबाट जोगाई शान्तिपूर्ण समाधानका लागि काठमाडौमा छलफल भएको हुम्लाबा प्रतिनिधिसभा सदस्इ जयपति रोकायाले जानकारी दिए । उनका अनुसार गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितीमा बसेको बैठकले तत्काल अवस्था शान्त नभएसम्मका लागि बाजुरा जिल्ला प्रहरी कार्यालयबाट स्थापना गर्न लगेको प्रहरी चौकी तत्काल रोक्ने र दुवै जिल्लाको आपसी सहमती कायम गर्ने समझदारी भएको छ ।
सिमाना विवादलाई समाधान गर्न एतिहाँसिक दस्तावेज र त्यस भूगोलका बारेमा जानकार स्थानीय जानमानसँगको छलफल, नापी र मालपोत कार्यालयमा तिरो तिरेका प्रमाणका आधारमा विवादको टुंगो पुर्याउने कुरामा सहामती भएको उक्त बैठकमा गृहसचि श्रेष्ठले विवादलाई थप चर्काउने काम कसैबाट पनि नगर्न आग्रह गरेका छन् ।
यता दुवै जिल्लाको सिमानामा भएको विवादका कारण सुरक्षा चुनौती थपिएपछि जिल्लाका सबै सुरक्षा निकायले थप सर्तकता अपनाउने तयारी थालेका छन् । विवाद थप चकर्ने तर्फ उन्मुख भएपनि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले हरेक क्षेत्रबाट थप सर्तकता अपनाएर अवस्थालाई शान्तपूर्ण रुपमा समाधान गर्नतर्फ लाग्ने निर्णय भएको सुरक्षा समितिले जनाएको छ ।
बैठकले समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आजै बसेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ २२:३३