असार ९, सिमकोट । स्थानीय तहमा जनताका सँग अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम त प्रदेश र संघिय सरकारमा संसद विकास कोषका लागि जनप्रतिनिधिले गनगन गरिहेको वेला हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले आफुले प्रापत गर्ने ५ वर्षको अवधीमा पारिश्रमिक वापत पाउने १६ लाख २५ हजार को अक्षय कोष स्थापना गरेका छन् ।
कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीलाई तोकेको महिनाको पारिश्रमिकलाई आप्mना स्वर्गिय आमा र वुवाको नाममा प्रदान गर्ने गर्नु भएको छ । जिल्लाका विपन्न वालिवालिकालाई छात्रावृद्धी प्रदान गर्न आप्mना स्वर्गिय आमा वुवाको नाममा अकबरे लक्षी शैक्षिक स्मृती स्मृती अक्षय कोषको स्थापना गरेका छन् ।
जिल्लाका विपन्न तथा गरिव वालवालिकाहरुको शिक्षामा खर्च गर्ने गरी आफुले उक्त कोषको स्थापना गरेको उपाध्यक्ष रावतलले बताए । सिमकोटमा आयोजना गरिएको एक काकर्यक्रममा अहिलेसम्म पाएको पारिश्रमिका बापतmको ६ लख पचास हजार रकम हस्तान्तरण गर्दै उपाध्यक्ष रावतले भने, “म ९ वर्षको उमेरमा आमा वित्न ुभयो । आर्थिक अवस्थाले मैले विद्यालय पढ्न पाइन् । २१ वर्षमा वुवा बितेपछि अन्य केही काम गर्न नपाएपछि कार्यालय सहयोगि भएर जीविको निर्वाह गरे ।”
विद्यालय पढ्ने आफुले अनेक चाहना भएपनि आर्थिक अभावकै कारण पढ्न नपाएको बताएक पाध्यक्ष रावतले जिल्लाका अति विपन्न वर्गका वालवालिकालाई त्यस्तो अवस्था नहोस भन्न आफूले कोषणको स्थापना गरेको बताए ।
प्रमूख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका प्रमूखको संरक्षकत्वमा रहने अक्षय कोषमा जम्मा हुने १६ लाख २५ हजार बाट प्राप्त ब्याजले हरेक वर्ष छनोट भएका वालवालिको शिक्षामा छात्रावृती प्रदान गर्ने रावतले जानकारी दिए ।
अक्षय कोषको चेक बुभ्mदै कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई सेवा सुविधा कम भएको भन्दै जनप्रतिनीधीले सरकारसँग गनगन गरेको बेला उपाध्यक्ष रावतले नमुना कामको शुरुवात गजरेकोमा ध्न्यवाद दिए । आप्mनो पारिश्रमिकबाट सामाजिक काम गर्ने जनप्रतिनिधिमा उपाध्यक्ष रावत कर्णाली प्रदेशकै पहिलो व्यक्ती भएको भन्दै यो काम अन्यले समेत अनुशरण गर्नु पर्नेमा जोड दिए ।