सिमकोट । नेप्काका बाढी पिडित किसानलाई राहत प्रदान गर्ने निर्णय गर्दै जिल्ला प्रकोप उद्धार समितिको बैठक सम्पन्न भएको छ ।
गएको जेठ ५ गते मंलबार रातीको वर्षासँगैको बाढीले क्षती गरेको चंखेली गाउँपालिका वडा नम्बर ५ नेप्का लगाउत जिल्लाका प्रकोप पिडित किसानहरुका लागि राहत प्रदान गर्ने निर्णय गरेको हो ।
समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय हुम्लामा बसेको बैठकले पहिरोमा परेर ५३ वटा भेडाबाख्रा भैसी मरेका र लगाएको बाली क्षती भएका नेप्काका किसानहरु र जिल्लाभर वर्षा, बाढी पहिरोबाट पशुवस्तु मरेका किसानहरुलाई कृषि विकास कार्यालय र भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमार्फत तत्कालै प्रक्रिया घि बढाएर राहत प्रदान गर्ने निर्णय गरेको छ ।
नेप्कामा अबिरल वर्षका कारण धनसिंह तामाङको ४६ वटा ठुला र ७ वडा साना भेडाभेडी गरी जम्मा ५३ वटा भेडा मृत्यु भएको चंखेली ३ मा पर्ने दखल्टा खर्क चरण क्षेत्रमा गएको वर्ष साउनको चार गते चट्याङबाट नरबिर ऐडी १ भैसी, दन्तबिर ऐडीको २ भैसी, नन्द बहादुर ऐडीका १ भैसी, राम बहादुर ऐडी १ वटा राँगा र अज बहादुर बुढाको १ भैसी गरी जम्मा सात वटाको मरेका थिए ।
यसैगरी बैठकले अदानचुली गाउँपालिका वडा नम्बर ३ को गोरपालीमा गएको वर्ष वैशाख ४ गतेको अविरल वर्षाका कारण पहिरोले धर्म बुढाका ५२ वटा बाख्रा, ११ वटा पाठापाठी, सिमकोट ७ मा २०८१ ऋसार २० गरेका अविरल वर्षका कारण सार्की शाहीको तिन वटा घोडा र ध्वज बहादुर शाहीको २ वटा घोडाको मृत्यु भएको हुदा उक्त प्रकोपमा पिडित किसानलाई पनि कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ को दफा २१ के उपदफा ४ बमोजिम राहत प्रदान गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले जानकारी दिनुभयो ।
बैठकले नेप्काको डाँफे आधारभूत विद्यालयको भवनमा क्षती पुगेका कारण तत्काल अस्थायी व्यवस्था गर्न र पछि स्थायी संरचनाका लागि सामाजिक विकाय कार्यालय, खानेपानी, अवरुद्ध विद्युत आयोजनाका लागि जिल्ला खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयमार्फत कर्णाली प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेका बारेमा जानकारी दिदैं प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।
बैठकले कर्णाली कोरिडोर सडकको सर्केगाड गाउँपालिका वडा नम्बर १ खच्चा क्षेत्रमा बारम्बार सुख्ख पहिरो गएर राज्यको ठूलो लगानी खर्च भैरहेको अवस्थामा उक्त क्षेत्रमा प्राविधिक अध्ययन गरी समास्या समाधानका लागि कर्णाली कोरिडोर दक्षिण खण्ड खुलालु सलिसल्ला सडक आयोजना बाजुरा मार्फत पूर्वाधार विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, विकसे कार्यालयका प्रमुख, सञ्चारकर्मी र नागरिक अगुवाहरुको सहभागिता रहेको बैठकमा विपतका कारण यस अघि क्षती भएका व्यक्तिगत पुर्नसंरचनाको निर्माणका लागि निजि आवास प्रवलिकरण, पुन निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ बमोजिम गर्ने निर्णय गरेको छ ।
यस्तो छ, बैठकका निर्णय
प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३ २१:३०