सिमकोट । बिहीबार राती सिमकोट गाउँपालिका वडा नम्बर ७ चौनफयामा एक घरमा आगलाली भएको छ ।
चौगानफयाका स्थानिय महेन्द्र बहादुर शाहीको घरमा हिजो राती करिब साढे १० बजे आगलागी हुँदा झण्डै २० लाखको क्षती भएको बताइएको छ । ढुङ्गा माटाले बनेको ३ तले ७ कोठे घर जलेर पुर्णरुपामा जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले बताएका छन् । भान्सा कोठामा पुजाको लागी बालेको दियोबाट सल्केको आगेले घरमा आगलागी भएको सूचना अधिकारी श्रेष्ठले बताएका छन् ।
प्रहरीको मुचुल्का अनुसार आगलागीबाट शाहीको घरमा रहेको नगद रु. २ लाख, ३ तोला सुन, १ सय तोला चाँदी, लत्ता कपडा, भाँडा वर्तन र खाद्यन्न गरी करिब २० लाख बराबरको धनमालको क्षति भएको बताइएको छ । पशु चौपाया र मानवीय क्षती नभएको बताइएको छ । करिब १ घण्टापछि गाउँका स्थानियको सहयोग र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
अग्नी पिडितलाई रेडक्रस र पालिकाको राहत
आगलागी पिडित शाहीका परिवारलाई सिमकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले प्रारम्भीक राहत सहयोग गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाले एक थान त्रिपाल, तीन थान कम्मल, एक थान म्याटिस, पीडितलाई सहयोग गरिएको नेपाल रेडक्रश शोसाइटी हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले एक कट्टा चामल, एक कट्टा मैदा, तेल, भाडाकुडी, एक ब्ल्यांकेट र एउटा डस्ना सहयोग गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३ २०:२८