सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्न चार विषयलाई आगामी नीति तथा कार्यक्रममा समेट्ने भएको छ ।
आइतबार (आज) पालिकाको केन्द्र यांचुबजारमा भएको पालिका स्तरिय शैक्षिक कार्यशाला मार्फत खार्पुनथाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तरका लागि पूर्वाधार विकासका लागि बजेटको व्यवस्थापन, डिजिटल सूचना प्रविधिमुलक शिक्षण सिकाई, शिक्षक दक्ष शिक्षकको व्यवस्थापन र शिक्षक, विद्यार्थी तथा अविभावकह?लाई तालिम प्रदान गर्ने कामलाई समावेश गर्ने निर्णय गरेको छ ।
कार्यशालामा चार वटा समुह छलफलबाट आएका आगामी कार्यह?लाई प्राथमिकिकरण गर्दै उक्त विषयलाई समावेश गर्ने निर्णय भएको पालकाका अध्यक्ष कर्णाबहादुर रावलले जानकारी दिए ।
‘हरेक वर्ष खार्पुनाथले शैक्षिक गुणस्तर कायम गर्नका लागि हामीले नीति तथा कार्यक्रमिक व्यवस्था गर्ने गरेका छा’ैं, कार्यक्रमका अध्यक्ष समेत रहनु भएका अध्यक्ष रावलले भने, ‘यो वर्ष सबै वडा अध्यक्ष ज्यूहरु, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अविभावक संघका अध्यक्ष ज्यूहरु, विद्यालयका प्रधानाध्यापक ज्यूहरु र विद्यार्थीका प्रतिनिधि सहितको यो कार्यशालाको निचोडका रुपमा आएका चारवटा सुझावका आधारमा हाम्रो नीति तथा कार्यक्रममा उक्त विषय समावेश गर्ने छौं ।’
गएको वर्ष पालिकामा आयोजना गरेको वाल कचहरीले पनि पालिकाको नीति निर्माणमा केहि टेवा पुर्याएको उल्लेख गर्दै पालिका अध्यक्ष रावलले यो वर्ष पनि पालिकाले नीति तिर्जुमा गरिरहेको बेला आयोजना गरेको यो कार्यशालाले ठूलो सहयोग पुगेको जानकारी दिए ।
कार्यक्रममा जनप्रतिधि समुह, विद्यालय व्यवस्थापन तथा शिक्षक अविभावक संघ समुह, शिक्षक र विद्यार्थी समुह, पालिका कर्मचारी समुह गरेर चारवटा समुहमा खार्पुनाथको शैषिक अवस्था र यसलाई थप सुधार गर्न आवश्यक पहलका बारेमा छलफल गरिएको आयोजक किर्डाक नेपालका जिल्ला संयोजक जनक बुढाले जानकारी दिए ।
पालिका भित्रका विद्यालय पहुँच भन्दा बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयको पहुँचमा पुर्याउन नीतिगत तहमै पहल गर्नुपर्ने निचोड निकालेको कार्यशालामा नवराज महताराले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर सिंह, वडा नम्बर १ देखि ५ सम्मका वडा अध्यक्षहरू, गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक संघका अध्यक्षहरू तथा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा शैक्षिक क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माणमा जोड दिइएको छ । किर्डाक नेपालका कार्यक्रम संयोजक जनक बुढा, गुडनेवर्स इन्टरनेसनलका कार्यक्रम अधिकृत गोविन्द चौधरी, वित्त तथा प्रशासन अधिकृत प्रेम बहादुर बुढा नेपाल पत्रकार महासंघ हुम्लाका उपाध्यक्ष छपाल लामा लगायतको सहभागिता रहेको थियो । किर्डाक नेपालको आयोजना, गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग र खार्पुनाथ गाउँपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रकाशित मिति: आइतबार, असार ७, २०८३ २०:४४