हुम्ला । हुम्लाको चंखेली अगाउँपालिकामा पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षण सिकाइ सुधार, गुणस्तरीय शिक्षा अभिवृद्धि, विद्यालय छोड्ने दर घटाउने, विद्यार्थीको उपस्थिति दर बढाउने, शैक्षिक तथ्यांकलाई व्यवस्थित बनाउने तथा अनुगमन प्रणालीमा सुधार गर्ने विषयमा समूहगत छलफल गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाही वडी नम्बर १ देखि ६ सम्मका वडा अध्यक्षहरू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद आचार्य, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू, बाल क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, शिक्षक संघका अध्यक्षहरू तथा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यशालामा शैक्षिक क्षेत्रका समस्या, चुनौती र सुधारका उपायबारे छलफल गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माणमा जोड दिइएको छ ।
कार्यशालाको सहजिकरण रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महताराले गर्नु भएको आयोजक संस्था किर्डाक नेपालका कार्यक्रम संयोजक जनक बुढाले जानकारी दिनुभयो ।
कार्यशालाले अविभावक शिक्षा लागु गर्ने, विद्यालयमा अनुगमन गर्ने लगायतका निर्णय गरिएको बताईएको छ । गुड नेवर्स इन्टरनेसनल नेपाल र किर्डाक नेपालको आर्थिक सहयोगमा रेडियो कर्णाली आवाजको आयोजनामा चंखेलीमा चंखेली पालिका स्तरीय शैक्षिक कार्यशाला गोष्ठी कार्यक्रम गरिएको हो ।
प्रकाशित मिति: शनिबार, असार १३, २०८३ १०:०४