सिमकोट । भर्खरै सकिएको आर्थिक वर्ष २०८१।८२ को अन्तिम भूक्तानीमा अनियमितता भएको चर्चा चलेको अदानचुली गाउँपालिकाले औपचारिक रुपमा छानविन गर्ने भएको छ ।
पालिकामा संघ र प्रदेशबाट आएको विकासे अनुदान रकम फ्रीज जान नदिन अन्तिममा भुक्तानी गर्ने पासवर्ड विभिन्न शाखा प्रमुखलाई औपचारिक पत्र मार्फत वितरण गरेको थियो । केहि चालु र पुँजिगत रकम अनियन्त्रीत रुपमा खर्च भएको र आयोजनातर्फको विकासे बजेट झण्डै २ करोड फ्रीज भएपछि पालिकाले उपाध्यक्ष कर्ण रोकाया (सुधार)को संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरेको छ ।
पालिकाको १७ औं गाउँसभामा सभा सदस्यहरु र वडा अध्यक्षले बजेट खर्च र फ्रीजका विषयमा चर्को बिरोध जनाएपछि सभाले छानविन गर्न मिति गठन गर्ने निष्कर्षमा पुगेको सभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रविर शाहीले जानकारी दिए ।
आ.वर्षको पालिकाको रकम भुक्तानी नभई फ्रिज भएका योजनाहरुको जिम्मेवारी क कसले लिने हो ? किन र कसरी कसका कारणले फ्रिज हुन गएका हुन् ? निश्पक्ष छानविन गरी तथ्य बाहिर ल्याउन गाउँ सभाका सदस्यहरुको जोडदार माग गरेपछि बाध्य भएर सभाले छानविन समिति बनाउने निष्कर्षमा पुगेको अदानचुली ३ का वडा अध्यक्ष डिलबहादुर फडेराले जानकारी दिए ।
अधिकांस गाउँसभाका सदस्यहरुले वर्षभरी बाहिरै बस्ने, वर्षको अन्तिमतिर आएर वर्षभरीका सबै भुक्तानीहरु एकै पटक भुक्तानी गर्न आउने भएकाले पनि लेखापालकै कारण समस्या भएकाले निश्पक्ष छानविन गरी कारबाहीको दायरामा ल्याउन कर्मचारी र गाउँसभाका सदस्यहरुले माग समेत माग गरेपछि उपाध्यक्ष कर्ण रोकायाको संयोजकत्वमा छानविन समिति गठन गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शााहीले नेपालवोटसँग जानकारी दिए ।
अदानचुली गाउँपालिकामा गत असार २४ र २५ गते सुत्र प्रणाली मार्फत गरिएको भुक्तानीमा अनियमितता भएको आरोप प्रयारोप गरिरहेका थिए ।
आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल गर्न आज बसेको गाउँसभामा सदस्यहरूले भुक्तानी प्रक्रियामा देखिएको अनियमितताको विषयलाई प्रमुख रूपमा उठाएका थिए ।
सभासदस्यहरूले उक्त घटनाको यथार्थ छानबिन नगरी बजेट पारित गर्न नसकिने अडान लिएपछि गाउँसभाले एक साताभित्र प्रतिवेदन पेश गर्ने कार्यादेशसहित छानबिन समिति गठन गरेको हो । उक्त कुराको छानविन नभएसम्म आगामि आर्थिक वर्षको बजेट पारीत नगर्ने सभाका सदस्यहरुको अडान पश्चात समिति गठन गरिएको र त्यस लगत्तै आर्थिक वर्ष २०८३।०८४ को बजेट सर्वसम्मत रूपमा पारित गरिएको छ । छानबिन समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष कर्ण रोकाय रहनु भएको छ ।
समितिमा तीन जना वडा अध्यक्ष तथा दुई जना कर्मचारी सदस्य रहेका छन् समितिले असार २४ र २५ गते सुत्र प्रणालीमार्फत गरिएको सम्पूर्ण भुक्तानी प्रक्रिया, बजेट शीर्षक परिवर्तन, योजना भुक्तानी तथा रकम फ्रिज हुनुका कारणबारे विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।
गाउँसभामा सदस्यहरूले एक शीर्षकबाट भुक्तानी हुनुपर्ने रकम अर्को शीर्षकमा गएको, सम्पन्न भइसकेका योजनाको रकम समेत फ्रिज भएको तथा भुक्तानी प्रक्रियामा गम्भीर त्रुटि देखिएको विषय उठाएका थिए । उनीहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत तथा उक्त दिन सुत्र प्रणाली सञ्चालनमा खटिएका कर्मचारीबाट स्पष्ट जवाफ नआएसम्म बजेट पारित गर्न नदिने अडान लिएका थिए । सभामा भएको सहमतिअनुसार छानबिन समितिले एक साताभित्र प्रतिवेदन बुझाउने निर्णय गरिएको पालिका अध्यक्ष मोहन विक्रम सिंहले जानकारी दिए ।
प्रतिवेदनका आधारमा आवश्यक थप निर्णय र कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि चालुतर्फ १९ करोड २० लाख ९६ हजार २ सय १८ रुपैयाँ ८० पैसा तथा पुँजीगततर्फ १९ करोड ७६ लाख ९२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । गाउँसभाबाट बजेट पारित भएसँगै गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा विकास आयोजनाहरू कार्यान्वयन गर्ने बाटो खुलेको छ भने, भुक्तानी प्रक्रियामा देखिएको अनियमितताको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिको प्रतिवेदनलाई सबैले चासोका साथ हेरिरहेका छन् ।
अषाढ १० गते सभामा प्रस्तुत भएको अदानचुली गाउँपालिकाको बजेट गाउँसभाले परित गरेको छ ।
प्रस्तुत भएको बजेट सँगै चालु आर्थिक वर्षको भुक्तानी भए नभएका विषयमा समेत समिक्षा गरिएको छ । अषाढ २४ र २५ गते भएका विभिन्न भुक्तानीसँगै भएका अनियमितता भएन भएको सम्बन्धमासमेत समिक्षा भैरहेको जानकारी दिए । गाउँसभामा गहिरो समिक्षा र प्राप्त सल्लाह सुझाब पछि बजेट पारित गरीने जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, साउन २, २०८३ १९:३१