असार १२, सिमकोट । नेपाल पत्रकार महासंघ हुम्लाले समाचार लेखेबापत पत्रकारलाई सामाजिक सञ्जाल र अन्य विभिन्न माध्यमबाट गाली गलौज गर्ने व्यक्तीलाई कारबाहीको माग गरेको छ ।
गएको ७ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल र नेपकाका नेताहरुले पार्टीको बैठकमा सहभागि हुन नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेको विषयमा प्रकासित एवम् प्रसारित भएको समाचारको विषयलाई लिएर नेकपा हुम्लाका कार्यकर्ताले गरेको गाली गलौजलाई विद्युतिय कारोबार ऐन अनुशार कारबाहीको दायरमा ल्याउन महासंघ हुम्लाले माग गरेको ।
“समाचार लेख्ने पत्रकारलाई अपशब्दको प्रयोग गर्दे, गरिएको गाली गलौजप्रति महासंघ जिल्ला शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।” महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ “प्रकासित प्रसारित समाचारमा चित्त नबुझे त्यस उपर कानुनी उपचार खोज्ने न्यायलय, प्रैस काउन्सील जस्ता निकाय हुँदाहुँदै कानुन आप्mनै हातमा लिदैं सञ्चारकर्मी प्रति अवशब्दको प्रयोग, गाली गलौज र धम्की दिनेलाई विद्युतिय कारोबार ऐन अनुशार कारबहाी गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग महासंघ जोडदार माग गर्दछ ।”
नेकपा हुम्ला जिल्ला कमिटिको पहिलो बैठकमा सहभागि हुन मुख्यमन्त्री शाही, सामाजिक विकास मन्त्री रावल, नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटी, सचिव लगायतका नेताहरु नेपाली सेनाको हेलिकप्टर प्रयोग भएको विषयमा विभिन्न सञ्चार माध्ययममा समाचार प्रकासित एवम् प्रसारित भएको थियो । उक्त समाचारको विषयलाई लिएर नेकपा हुम्लाका कार्यकर्ताले निकै अशिष्लल शब्दमा गाली गलौज गरेका थिए ।
उक्त विषयमा समाचार प्रकासित भएपछि हेलिकप्टरको भाडा नेकपा हुम्लाले तिर्ने भन्दै विज्ञप्ती समेत प्रकासित गरेको थियो ।