सुर्खेत । कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट ३ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा रुकुम पश्चिमकी मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नियुक्त भएका हुन् । तिनै जना समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।
यसअघि भौतिकमा विन्दमान विष्टको नाम फाइनल भएको थियो । तर साबिक समाजवादी कोटाबाट मन्त्री बनाइनुपर्ने भन्दै विवाद भएपछि अन्ततः साबिक समाजवादीकी सांसद कल्याणी खड्का नै मन्त्री बनेकी छिन् ।मुख्यमन्त्री मंगलबहादुर शाहीले झन्डै एक महिनापछि आफ्नो मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
उनकै दल नेकपाभित्र मन्त्रीका लागि लफडा हुँदा सरकार गठनमा ढिलाइ भएको थियो ।
तीनै जना महिला
सरकारको नेतृत्व गरेको दल नेपाली कम्युनिस्ट पार्टीबाट ३ जना महिला मन्त्री नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका हुन् ।
यी ३ वटै समानुपातिक कोटाबाट सांसद बनेका हुन् । यसअघि भौतिकमा विन्दमान विष्टको नाम समावेश गरिए पनि अन्तिममा हटाइएको छ । साबिक समाजवादीका कल्याणी खड्कालाई समावेश गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३ १२:५०