असार २६, सिमकोट । जिल्लाका अधिकारीले वाल विवाहको अन्त्यकोलागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पहिछल्लो समय पराम्पागत साँस्कृती र सामाजिक सञ्जालका कारण जिललामा वाल विवहाको दर बढ्दै गएको बताएका सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले यसका लागि गाउँपालिकाले जस्तो सुकै कदम चाल्नपनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गरे । सिमकोटमा आयोजना गरिएको वाल कचहरी कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष लामाले भने, “पछिल्लो समय फोसवुक र मावाईल फोनले समेत वाल विवाहको संख्या बढ्दै गएको छ । यसमा समेत नियन्त्रण गर्ने र सचेतना जगाउने कार्यक्रम सञ्चालन गर्न आवश्यत्ता महशुस गरेको छु ।”
जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वयले वाल विवाहको न्यूनिकरण्मा लाग्नु पर्ने बताएका जिलला समन्वय समितिका प्रमूख दानबहादुर रावतले बालविवाह अन्त्यमा सहयोग गर्न सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिए । हुम्लाको समाजमा वाल विवाह जरो गाडेर बसेको बताएका प्रमूख रावतले साँस्कृती विकृतीलाई निर्मुल पार्न कानुनी भन्दापनि व्याहारिक रुपले लाग्नु पर्ने बताए ।
वालविवाहलाई न्युनीकरण गर्न सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका पहिलो स्थानीय तह भएको बताएका साहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले वाल विवाहको अन्त्य गर्न जिल्लाको चेतना, आचरण र ब्यवहारको परिवर्तन गर्नु पर्नेमा जोड दिए ।
वाल विवाहसम्बन्धि उजुरी अहिलेसम्म नपरेको बताएका जिलला प्रहरी कार्यालय हुम्लाका इनिष्पेक्टर राजेन्द्रबहादुर सिंहले समाजमा मिलापत्र गर्ने पर्थाले वालवालिका वाल विवाहका शिकार भएको बताएक । कार्यक्रममा सिमकोट गाउँपालिकाका ४ वटा माध्यमिक विद्यालयका छात्रछात्राले वाल विवाहको अन्त्य गर्न भएका कानुनी तथा व्यवहारिक पहलका बारेमा जिल्लाका सरोकारवाला निकायका अधिकारीसँग जिज्ञासा राखेका थिए ।
गुर्डनेभस इन्टरनेशनलको आर्थिक सहयोगमा किर्डाक नेपालले आयोजना गरेको कचहरी कार्यक्रम सिमकोट गाउँपालिकाको समन्वयमा सम्पन्न भएकोे किर्डाक नेपाल हुम्लाका कार्यक्रम संयोजक जनक बुढाले जानकारी दिनु भयो ।