अषाढ ३० हुम्ला । जिल्ला समन्वय समिति हुम्लाका प्रमूख दानबहादुर रावतका इन्जिनियर छोरा वसन्त रावत दुई दिनदेखि सम्पर्क बिहिन भएका छन् ।
अदानचुली गाउँपालीकामा कार्यरत कामका लागि खाद्यन्न ९च्ऋक्ष्ध्० का ईन्जीनीएर बसन्त रावत सम्पर्क बिहिन भएका हुन् । गाउँपालीकामा सञ्चालीत योजनाहरुको काम गर्दै आएका ईन्जिएर रावत आइतबार बिहान चिया खाएर निस्केर अहिलेसम्म सम्पर्क बिहिन भएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत रमाकान्त पाण्ड्यले जानकारी दिए ।
कोठाबाट गएका रावत यो समाचार तयार पारुञ्जेलसम्म इन्जीनियर रावत सम्पर्कमा नआउँदा आज बिहानै देखी सवत्र खोजिकार्य भैरहेको अदानचुली गाउँपालीका अध्यक्ष दल फडेराले जानकारी दिए ।
को टोली र अस्थायी प्रहरी पोष्ट खोजी कार्यमा लागेको तर अहिले सम्म पनि सम्पर्क भईनसकेको अदाचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले बताए । अध्यक्ष फडेराका अनुशार प्रमुख प्रशासकीय अधिकृत सहितको ३५।४० जनाको टोली ५।५ जना समुह बनाई स्थानीय गाउँ र संभावित ठाउँमा गएका छन् । रावत गएको हुनसक्ने संका लागेका अदानचुलीका गाउँघर, गोठ, खरक, बनजंगल, ओडार समेत खोजी कार्य भैरहेको अदानचुली गाँपालिकाका प्रमूख प्रशासकिय अधिकृत पाण्डेयले बताए ।
सम्र्पक बिहिन भएका ईन्जीनीएर रावतले कोठाबाट मोबाईल बाहेक अरु कुनैपनि सामान नलगेको बताइएको छ । उनको झोला, कम्प्युटर र जुत्ता समेत कोठामै रहेको र चप्पल मात्र लगाई निस्केका रावत अहिलेसम्म सम्पर्कमा नआएको सँगै एकै होटलमा बसेका राट्रिय अनुसन्धानका प्रतिनिधि राजन पौडेलले बताए ।
दुई दिनसम्म रावत सम्पर्कमा नआएपछि अदानचुली गाउँपालिकाले खोजि कार्यका लागि सूचना समेत जारी गरेको छ । कार्यालयमा तुरुन्त सम्पर्कमा आउन सूचना जारी गरेको बताएका अध्यक्ष फडेराले उनलाई देख्ने सबैलाई गाउँपालिका वा प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेका छन् । ईन्जीनिएर रोकाया गएको शुक्रबार पनि बिहानै देखी सम्पर्क बिहिन भएर राती ८ बजे आफै होटलमा आएको कार्यालय सहयोगी भैरब सिंहले जानकारी दिए ।
जिल्ला समन्वय समिति हुम्लाका प्रमूख दानबहादुर रावतका कान्छा छोरा समेत रहेका रावतको खोजि कार्यका लागि जिल्ला प्रहरी कार्यालय मार्फत खोजि कार्यका लागि सबै प्रहरी चौकीलाई अलर्ट राखिएको प्रमूख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिए ।