असोज १, सुर्खेत । पारिवारिक निजि वन संघ कर्णाली प्रदेशको संयोजकमा हुम्लाका गोविन्दबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार (आज) कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको प्रदेश स्तरिय निजिवन सम्बन्धि अगुवा कृषकहरुको भेलाले शाहीको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
सुर्खेतमा सम्पन्न भेलाबाट हुम्लाकै विनोदकुमार शाही सहसंयोजकमा निर्वाचित भएका छन् ।
कर्णाली प्रदशेका १० वटा जिल्लामध्ये दैलेख संयोजक ऋषी अधिकारी, कालिकोटका संयोजक ब्यासी बम र जुम्लाका संयोजक मानबहादुर रोकायालाई पदेशन सदस्यका रुपमा निर्वाचित गरिएको नवनिर्वाचित सहसंयोजक शाहीले जानकारी दिए ।
उनका अनुशार दैलेखकै विशाल सुनार, सुर्खेतकी शोभा विक र हुम्लाकी नौरता छत्याल पनि प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
भेलाले निजि वन संघको संगठन बिस्तारको कामलाई तिब्रता दिनुका साथै आगामी ६ महिना भित्रमा कर्णाली प्रदेश स्तरिय अधिबेशनको आयोजना गरेर बिधान बमोजिमका कमिटी निर्माण गर्ने निर्णय गरेको छ ।
निजि वनमैत्रि कानुन निर्माणमा जोड
पारिवारिक निजि वन संघको कर्णाली प्रदेश स्तरिय भेलाले पारिवारिक निजि वन मैत्री कानुन निर्माणका लागि तिनै तहका सरकारलाई आग्रह गरेको छ । सोमबार सम्पन्न भेलाले संविधानले व्यवस्था गरेको स्थानीय, प्रदेश र संघिय संसद तथा सरकारले निर्माण गरिरहेका कानुनमा निजि र पारिवारिक वनका धनीलाई समेत ध्यानमा राख्न जोड दिइएको छ । प्रदेशका संयोजक गोविन्दकहादुर शाहीले भने “अहिले सरकारले निजि र पारिवारिक वनलाई समेत सरकारी, सामुदायिक र कवुलियत वनकै सरह व्यवहार गरिरहेको छ । यो कदावी न्यायचित छैन् ।”
आफैले मलजल गरेर हुर्काएको गैरकाष्ठ वनपैदावार देखि विभिन्न उत्पादनहरुको संकल र निकासी पैठारीमा समेत कडाई गर्दा आम निजि वन र पारिवारिक वनका धनी कृषक पिडित बन्नु परेको छ । संयोजक शाहीले भने “यो प्रकारको कानुनी विभेदलाई अब नयाँ बन्ने सबै तहका कानुनले नगरोस भन्ने हाम्रो मान्यता हो ।”