श्रावण ५,हुम्ला । हुम्ला जिल्लाको दक्षिणी भेगमा रहेको अदानचुली शाँखामा आज राती चोरी भएको छ ।
शनिबार राती प्राबिधिक शाँखामा भएको कम्प्युटर,हार्डडिक्स र क्यामरा सहित अन्य सामाग्रीहरु चोरी भएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले जानकारी दिनु भयो । उहाँका अनुसार केहि दिन अघि मात्र ईन्जीनिएरको नेम पेलेट फुटाएको र शनिबार राती ढोका फोडेर सामाग्री चोरी भएको बताए । चोरी भए सँगै नजिकै रहेको सुचना बोर्डमा अखिल क्रान्तीकारी लेखीएको सुचनामा कार्यरत ईन्जीनिएरले योजनाहरुबाट पैसा उठाएकोले यस्तो गरेको उल्लेख गरीएको छ ।
यता गाउँपालीकाले भने कुनै पनि प्राबिधिकहरुलाई कुनै पनि योजनाहरुबाट पैसा नउठाउँन निर्देशन दिएकोले कसैले पनि पैसा नउठाएको बताउँदै प्रमाण सहित आए तुरुन्त कारबाही गर्ने बताउनु भएको छ आज राती भएको चोरीको नजिकै रहेको अस्थायी प्रहरी पोष्ट श्रीनगरले प्रहरी मुचुल्का गरेको प्रहरी सहयक निरिक्षक नारायन दत्त बडुले बताए ।
आज भएको चोरीको बिषय सबै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराई सकेको र यहाँ सबै होटल पशल र गाउँघरमा अनुसन्धान गरी रहेको बताएका छन् भने चोरी कसरी र कुन समुहले किन गरेको हो भन्ने अहिले सम्म पत्ता नलागेको सहायक निरिक्षक बडुले बताउनु भएको छ । यता नेपाल कम्युनिष्ट पार्टी बिप्लबले भने आज राती भएको घटनाको घोर निन्धा गरेको छ ।
जिल्ला संगठन समिति हुम्लाले आज राती अदानचुली गाउँपालीकाको प्राबिधिक शाँखामा भएको तोडफोड सहित चोरीको घटनालाई आफ्नो पार्टीको नाम जोडेर कोही कसैले गरेको तर यसको जिम्मा पार्टीले नलिने जिल्ला सेक्रेटरी निमार्णले टेलीफोन मार्फत जानकारी दिए ।
उहाँले एक प्रेष बिज्ञप्ती जारी गर्दै आफ्नो पार्टी लुटपाट गर्ने नभई जनताको जनजिबिकाको काममा साथ दिने भएकाले यस्ता किसिमका कार्य गर्नेलाई अदानचुली गाउँपालीकाले छिटोभन्दा छिटो पत्ता लगाई कानुनी कारबाहीमा लिनु पर्ने उक्त बिज्ञप्तीमा उल्लेख गरीएको छ ।