साउन ८, सिमकोट । बिनिता भट्टराई हुम्ला जिल्लाको प्रशसनिक इतिहाँसकै पहिलो सिडियो अर्थात प्रमूख जिल्ला अधिकारी भएकी छन् ।
हरेक क्षेत्रमा महिलाहरुले आफू कमजोर भएको भन्दै अधिकारको खोजि गरिरहेका बेला भट्टराई प्रशासनिक प्रमूखका रुपमा दुर्गम हिमाली जिल्ला हुम्ला पुगेकी छन् ।
सबैले प्रशासनिक पहुँच कमजोर भएर पेलाई पाएको ठाउँका रुपमा चिनिएको हुम्लाको प्रशासनिक प्रमूखको जिल्मा लिने भट्टराईले पहिलो महिला प्रमुख जिल्ला अधिकारीको सूचिमा आप्mनो नाम दर्ज गराउन सफल भएकी छन् ।
दुर्गममा कर्मचारी बस्न आनाकानी गरि रहेको अवस्थामा अध्यागमनबाट हुम्ला सरुवा भएर भट्टराईले नयाँ प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएकी हुन।
प्रमूख जिल्ला अधिकारी भट्टराईले कार्यालयमा काम सुरु गरे संगै जिल्लाका राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मी सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने र जिल्लामा शान्ति सुरक्षा तथा अमन चयन कायममा आफ्नो पहिलो प्राथमिकता रहेको बताइन्।
उनले आप्mनो जिम्मेवारी सम्हाल्दै भनिन् महिला, दलित, जेष्ठ नागरिकहरुका लागि कार्यालयमा सहज पुहँचका लागि मेरो अथक प्रयास रहने छ । पहिलो पटक हुम्ला जिल्लामा आएको बताएकी भट्टराईले धेरै कुरा बुझ्न बाँकी रहेकोले केही दिन आफु जिल्लाको अध्ययनमा लाग्ने बताइन्।
उनलाई सिमकोट बिमानस्थलमा स्थानीय महिलाहरुले स्वागत गरेका थिए । केही दिन अगाडि तत्कालिन प्रमूख जिल्ला अधिकारी धोलकराज ढकालको गृह मन्त्रालयमा काज सरुवा भएपछि उनको ठाउँमा भट्टराई आएकी हुन।