श्रावण १०, काठमाडौं । कर्णाली प्रदेशबाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकारद्धय नरजन तामाङ (हुम्ला) र विष्णु शर्मा (दैलेख) सम्मानित भएका छन् ।
देशभरका उत्कृष्ठ ८ जनामा पर्न सफल शर्मा र तामाङलाई नेपाल टेलिभिजनले संघिय राजधानी काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बिच सुक्रबार सम्मानित गरेको हो ।
विगत लामो समय देखि दैलेख जिल्लामा विभिन्न पत्रकारितामा सक्रिया शर्माले दैलेखबाट र तामाङले हुम्लाबाट विगत ५ वर्ष देखि पत्रकारिता क्षेत्रमा समर्पित भएर नेपाल टेलिभिजनमा उत्कृष्ट रिर्पोटिङ गरेको भन्दै नेपाल टेलिभिजनले सम्मानित गरेको हो ।
कर्णाली प्रदेशका उनीसंगै अन्य प्रदेशका ६ जना पत्रकारलाई नेपाल टेलिभिजनले उत्कृष्ट संम्वाददाताको रुपमा सम्मान गरेको हो ।
तामाङ हुम्ला जिल्लामा रही दुरदराजका खोजमुलक समाचार संम्प्रषण गर्दै आईरहेका छन ।
तामाङको योगदानको कदर गर्दै टेलिभिजनले ७७ जिल्लाका १ सय सम्वादादाता मध्ये ८ जनालाई सम्मान गरेको हो । सम्मान कार्यक्रमक प्रमुख अतिथि संञ्चारमन्त्री गोकुल बास्कोटा तथा नेपाल टेलिभजनका उच्च ब्यक्तिहरुले उनका दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।
सम्मानपछि पत्रकार तामाङले भने, विकट हुम्लाबाट जति पत्रकारितामा समाचार पठाउँदा गाह्रो महशुश हुन्थ्यो त्यति नै आनन्द सम्मानित हुँदा लागेको छ । आफुले विकट जिल्लामा रहेको संञ्चार क्षेत्रमा पू¥याएको योगदानको कदर भएको उनको तर्क छ ।
सहर केन्द्रित पत्रकारिता र दुरदराजको पत्रकारिता नितान्त फरक र चुनौतिपूर्ण हुने भन्दै दैलेखका पत्रकार शर्माले कर्णाली प्रदेशको बिम्ब बदल्न अबको पत्रकारिताको यात्रा केन्द्रित हुने प्रतिक्रिया दिए ।
सम्मानित हुन पत्रकारद्धय शर्मा र तामाङ नेपाल टेलिभिजन सहित नयाँ पत्रिका राष्ट्रिय दैनिकमा समेत कार्यरत छन् ।