साउन १४, सिमकोट । एक महिना देखी हुम्लाका तीन गाउँपालिकामा पशुबस्तुमा खोरेत रोग फैलिएको छ । पशुबस्तुमाखोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन भने भेटेनरी तथा पशुसेवा विज्ञकेन्द्र अनविज्ञ रहेको छ ।
जिल्लाको सर्केगाड गाउँपालिकाको राहदेव र खार्पुनाथ गाउँपालिकाको वडा एक रपाँचमा रहेको लेखमा खर्कमा वर्षा लागे सँगै पाटनमा लिएका दुई दर्जन भन्दा बढी पशुवस्तुमा खोरेत जिब्रेत रोग पशु मरेका छन भने अन्य पशुवस्तुले प्रभावित बनाएको छ ।
खार्पुनाथ गाउँपालिका वडा पाँच दुर्पा गाउँ निवासी पशुपालक कृषकहरुले गाउँभन्दा टाढा रहेकाखर्कमा लगेका पशुवस्तु यतिबेला मर्न लागेको बारेमा दुर्पा गाउँ निवासी देवसिंह रोकायाले चिन्ता व्यक्त गर्नुभयो । यसरी पशुवस्तुमा देखापरेको रोगले दुई दर्जन पशु मर्दा पशुपालक कृषकलाई घाटाभएको उहाँले जानकारी दिनुभयो ।
यसै गरी जिल्लाको सिमकोट गाउँपालिका वडा दुई ठेहेमा रहेको चुवाखोलामा पनि भेडाबाख्रामा यो रोग देखापरेको छ ।
खार्पुनाथ गाउँपालिका पशुचौपायलाई उपचारको लागिऔषधी भयतापनि स्वास्थ्यकर्मी नभयको र कर्मचारी समायोजनले गर्दा समस्या भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।
रावलका अनुसार एक गाउँ एक प्राविधीकलाई गाउँ बाटै बजेटको व्यवस्था गरेर रोग प्रभावित क्षेत्रमा पठाउने तयारी भएको बताउनुभयो । रोगको उपचारका लागि गाउँपालिकामा पशु स्वास्थ्यशाखामा कर्मचारी अभाव भएकाले पशुवस्तु लाई भ्याक्सिन सहितको उपचारको टोली तत्काल उक्त स्थानमा पठाउनन समस्या भएको अध्यक्ष रावलले जानकारी दिए ।
सर्केगाड गाउँपालिकामा पनिमहामारी फैलिन नदिन जिल्लाका लेखमा रहेका विभिन्न खर्कमा स्थानीय निकायलागि परेको सर्केगाड गाउँपालिका अध्यक्ष करन रोकायाले जानकारी दिनुभयो ।