साउन १४, हुम्ला । सोमबार (हिजो) साँझ बिष पिएर बेहोस भएकी चमेली पचार पछि घर फर्किएकी छन् ।
अदानचुली गाउँपालीका ६ पाल्स घर भएकी चमेली कटेललले सोमबार साँझ (मुसामार) बिष सेवन गरेर बेहोस भएकी थिईन् ।
जिल्ला सदरमुकाम सिमकोटमा माध्यामिक शिक्षा हाँसिल गरी गएको माध्यमिक शिक्षा परीक्ष दिएर काठमाडौ पढ्न गएकी कटेले बिबाह गरिदिने भगर्ने भन्दै उनका घर परिवारले काठमाडौबाट बोलाएका थिए ।
परिवारले सिमकोट गाउँपालीकामा घर भएका दिपक रावतका छोरा अजुर्न रावतसँगै विवाह गर्ने पक्का गरिएको कटेलले बताईन । विवाहका लागि श्रीनगर पुगेका अर्जुन रात भागेर गएका थिए । केटा कहाँ भागे भन्ने बारेमा केही पत्ता नलागेपनि अस्थायी प्रहरी पोष्ट श्रीनगरमा सामान्य छलफल भएको थियो ।
केटा कहाँ गए भन्ने अहिलेसम्म केहीपत्ता नलागेको तर खोज खबर भैरहेको श्रीनगर प्रहरीले जनाएको छ । भाग्ने केटा अर्जुनको घरमा पनि खबर गरेको तर परवारले केटा घरमा नआएको बताएका छन् । केटा एकाएक भागेपछि समाजमा लाज भएको भन्दै चमेलीले बिष सेवन गरेर आत्महत्याको प्रयास गरेकी थिइन् । बिष सेवन गरेको परिवारले जानकारी पाए लगत्तै ईलाका स्वास्थ्य चौकी श्रीनगरमा लगेर उपचार गरिएको र होसमा आए पछि आफन्तको जिम्मामा घर पठाईएको अस्थायी प्रहरी पोष्ट श्रीनगरले जानकारी दिएको छ ।
१८ वर्षकी बुढाले भने अर्जुन (पति) आफै भाग्ने मान्छे नभएको भन्दै कोही कसैले भगाएको हुँन सक्ने आरोप लगाएकी छन् । आफु उत्तm केटाको विपक्षमा मुद्धा नहाल्ने भन्दै भनिन्, 'समाजमा केटीले निकै हेपिएर बस्नु पर्ने रहेछ । त्यसका लागि हामी केटै भएर जन्मीनु पर्ने रहेछ ।'
चमेलीलाई पाल्सबाट आएकी आमा जसोधा कटेलले बुझेर घर लगेकी छन् । तर पनि आफु घर नजाने भन्दै आफन्तहरु र त्यहाँका जनप्रतिनिधिहरुले जवरजस्ती घर लिएका छन् उमेरले सानो भएकाले कानुन अनुरुप बिबाह गर्न नपाईने भएकाले बिबाह नगरेको तर काठमाडौका बौद्ध प्रहरी कार्यालयको रहोबरमा कागज गरेकाले बिबाह भैसकेकाले आफुलाई त्यही केटानै हुँनु पर्ने भन्दै आएकी छन् ।
यता अदानचुली गाउँपालीकाका अध्यक्ष र उपाध्यक्षहरुले न्याय नै खोज्ने हो भने सिमकोट गएर जिल्ला प्रशासन कार्यालयमा जान आग्रह गरेका छन् । तर कटेल पक्षले भने अर्जुनलाई प्रहरीको कटघेरामा उभ्याउन नचाहेको अभिब्यक्ती दिएकी छन् । अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि महिलानै भएकाले महिलाको कुरा सत प्रतिशत सुन्ने र कार्यान्वन पनि हुँन सक्ने भएकाले न्याय पाउँन जिल्लानै जानु पर्ने बताएका छन् ।