साउन २०, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत वन तथा वातावरण मन्त्रालयका ७५ क्रियाकलाप र २६१ परिवर्तनका सूचक अनुशार वार्षिक कार्यक्रम सम्पादन सम्झौता भएको छ।
सोमबार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र सचिव डा। विश्वनाथ वलीबीच सम्झौता भएको हो। त्यस्तै सचिव वलीले मन्त्रालय अन्तर्गतका महाशाखा र विभागका प्रमुख बीच कार्यसम्पादन सम्झौता गरेका थिए।
बहुउपयोगी वन विकासको लागि रणनीति र नक्सांकन, वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना, एक करोड ७५ लाख क्यूफिट काठ उत्पादन, जडिबुटी विकास विस्तार जस्ता विषय कार्यक्रम सम्पादन सम्झौतामा समेटिएको छ।
गत बुधबार पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता ९करार० गरेका थिए।
तोकिएको विभागीय प्रमुख, कार्यालय प्रमुख तथा जिम्मेवारीमा रहेकाबीच कामको गुणस्तर, समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिताको क्षेत्र तोकेर मापनयोग्य परिसूचकका आधारमा कामको मूल्यांकन गर्ने प्रणाली कार्यसम्पादन सम्झौता हो।
कार्यक्रममा मन्त्री बस्नेतले मुलुकको अवस्यकता र जनताको अपेक्षा अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए। सम्झौताले कामको आधारमा पुरस्कृत र दण्डित हुने भएकाले काम प्रभावकारी रुपमा हुने दाबी गरे।
‘गत आर्थिक वर्षमा कार्य प्रगती सन्तोषजनक देखियो’, उनले भने, ‘विभागीग प्रमुखसँग भएको यस सम्झौताले कार्य प्रगती उत्कृष्ट हुने अपेक्षा गरेको छु।’ वन क्षेत्रलाई आर्थिक उपार्जनसँग जोड्ने नीति भएकाले यसले मुलुकलाई समृद्ध बनाउने बताए। जैविक विविधता संरक्षणमा नेपालले उत्कृष्ठ काम गर्ने बताए।