साउन २२, सिमकोट । बस्दै आएका बौद्ध भिक्षुले हुम्लाको मानसरोवर माध्यमिक विद्यलायमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पोसाक वितरण गरेका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले ३ सय ८ जना विद्यार्थीहरुलाई भिक्षु उग्रेन जिक्मेतले उक्त पोसाक वितरण गरेको विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिए ।
सिमकोट गाउँपालिका वडा नम्बर ३ का प्रेमदोर्जी लामाको समन्वयमा जिल्ला सदरमुकाम सिमकोटको विद्यालयका छात्राछात्रहरुे पढाईमा थप टेवा पुगोस भन्न आफूले सहयोग गरेको बताएका भिक्षुले आगामी दिनमा थप सहयोग गर्ने बताए ।
भिक्षुबाट ट्र्याकसुट पाएका विद्यार्थीको प्रतिनिधित्व गदैए विद्यालयका अनुशासन क्याप्टेन सुनाम छैटिक लामाले भिक्षुबाट प्राप्त सहयोगले साथआफूलाई न्यानो हुनुका साथै पढाई प्रति थप मन जाने प्रतिक्रिया दिईन ।
भारतमा बौद्ध धर्म सम्बन्धी शिक्षा पुरा गरि काठमाडौँमा अध्यापन गराउँदै आएका भिक्षु जिक्मेतले पहिलो सामाजिक सहयोग स्वरुप हुम्लाका विद्यार्थीलाई पोसाक वितरण गरेको बताए ।
पोसाकको मूल्य र ढुवानीसहित तीन लाख २९ हजारको लागतमा विद्यालयमा वितरण गरिएको उक्त कपडाबाट बचेका सेट विद्यालयका वा काहिरका अन्य गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई वितरण गर्ने प्रधानाध्यापक शाहीले जानकारी दिए ।
मानसरोवर माध्यमिक विद्यालयमा आयेजना गरिएको एक कार्यक्रममा सिमकोट गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष जयचन्द्र रोकाया, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्द रावत, समितिका सदस्य, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिती