साउन २३, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार क्षेत्रको बाटालाई संघ, प्रदेश र स्थानीय सरकारले विशेष प्राथमिकता दिने भनेता पनि वीरेन्द्रनगर नगरपालिकाको सडको अवस्था सुध्रन सकेको छैन ।
स्थानीय तह, प्रदेश र केन्द्र सकारले विकास र समृद्धिका कुरा जति नै गरे पनि कर्णाली प्रदेशका राजधानीबासीले महशुस गर्न नपाएको गुनासो गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका खजुराका गणेश भण्डारीले विकास र समृद्घिका कुरा नारामा मात्र सीमित भएको भन्दै स्थानीय सरकारले नगर क्षेत्रका सडको स्थर उन्नतिको काम गर्नुपर्ने बताए ।
आर्थिक वर्ष ०७५÷७६ मा सुधार हुने भनिएको मंगलगढी–काँक्रेविहार सडक अझै मर्मत हुन सकेको छैन । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुवाँ धुलो हुने यो सडकको अवस्थाले काक्रेबिहार घुम्न आउने पर्यटकलाई आवत जावतमा बाधा पुगिरहेको छ ।
कर्णाली प्रदेशको राजधानी भएसँगै सवारी सधनको चाप ह्वात्तै बढे पछि बिहानको समयमा विद्यालयका बस, टिप्पर र टेम्पोले सडक व्यस्त हुने गरेको छ । नगरपालिका भित्र भएका सडकको मर्मत तथा सम्भार हुन नसक्दा पैदल यात्रुहरुलाई निकै समस्या परेको पैदलयात्रीहरु बताएकाछन् ।
सवारी साधनबाट नै जिविका चलाउनेहरु सडक बिग्रेका कारण आफ्नो सवारी साधन पनि छिट्टै बिग्रेको बताए । वीरेन्द्रनगरका सडकमा अटो चलाएर जिविका चलाउदै आउनुभएकी अटो चालक शर्मिला शाहीले कमाएको पैसा सबै अटो मर्मतमा नै खर्च गर्नुपरेको बताए । उनले सडक राम्रो भएको भए आफूले कमाएको पैसा बच्ने र बालबालिकालाई राम्रो पढ्ने र खाने व्यवस्था गर्न सकिने बताए ।
सडकमा खाल्डाखुल्डी हुदाँ दिनहुँ विद्यालय आवत जावत गर्ने विद्यार्थीको पीडा पनि उस्तै छ । जन नमुना माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थी भगवती रोकायले सडकमा भएको धुलो धुवाँले बिहान लगाएको स्कुल पोसाक साँझ धुनु पर्ने बाध्यता रहेको बताए। उनले थप दुःखेसो थप्दै भनिन्, ‘अटोमा चढ्ने पैसा हुदैन, दैनिक धुवाँ धुलो हुँदा बिरामी पनि भएकी छु ।’
स्थानीय सरकारमा आवश्यक जनशक्ति नहुँदा समयमा टेन्डर खोलेर सडक मर्मतको काम हुन नसकेको वीरेन्द्रनगर नगरपालिका वडा नं। ९ का वडा अध्यक्ष सुरेश मानन्धरले गुनाशो गरे ।
प्रदेश सरकारले ठेकेदारलाई कामको कार्यादेश असारको २७ गते नै दिएको भए पनि वर्षायाममा काम गर्न नसकेकाले भदौको १५ गतेबाट काम सुरु गर्ने गरी ठेकदारसँग समन्वय भएको वडा अध्यक्ष मानन्धरले बताउछन् ।