असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्राप्तिको नाममा देशलाई बन्धक बनाउने कार्यलाई स्विकार गर्न नसकिने बताएका छन् ।
राजनीतिक अभियानको उद्देश्य पुरा भएको बताएका प्रधानमन्त्री ओलीले संविधान दिवस मनाउन सैनिकमञ्च टुडिखेलमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने कार्य स्वीकार्य नहुने बताए ।
अधिकारप्राप्तिको हाम्रो राजनीतिक अभियानमा अब प्रयोगको चरणको अन्त भएको छ, नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, नेपालमा अब प्रयोग गर्न बाँकी ‘शीघ्र र तीब्र’ विकासको मोडेलको मात्रै छ । बहस र तर्क बाँकी भए अब यसैमा खर्चिनु पर्छ ।
सात दशक लामो लोकतन्त्र प्राप्तीका साबै आन्दोलनहरू सफलतामा टुंङ्गिएको बताउँदै प्रधानमन्त्रीले अब अधिकार प्राप्तिको नाममा देशलाई अवाञ्छित उद्देश्य बोकेका तत्वहरूको क्रिडास्थल बनाउन नहुनेमा जोड दिए ।
लामो राजनीति आन्दोलनको समाप्ती पश्चात मैले भन्दै आएको छु, प्रधानमन्त्री ओलीले भने “लोकतन्त्रकालागि हुने हाम्रो आन्दोलन सफलतामा टुंङ्गिएको छ । यस्तो आन्दोलनले असान्दर्भिक पक्षलाई फ्याँक्ने र नयाँ इनोभेटिभ पक्ष लागू गर्ने माग गर्छ ।” यहाँका नागरिक अधिकारको पक्ष प्रमुख हुन्छ, प्रधानमन्त्रीले भने,ुतर अब अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने र अवाञ्छित उद्देश्य बोकेका तत्वहरूको क्रिडास्थल बनाउने कार्य कदापी स्वीकार्य हुँदैन ।
शान्तिपूर्ण होस्स वा सशक्त, या सशस्त्र हिंसात्मक आन्दोलन संविधान लागू भएसँगै यी विषयहरू इतिहास बन्नुपर्छु, प्रधानमन्त्रीले भने, अधिकार प्राप्ति वा राजनीतिक प्रणालीको नाममा अब कुनै पनि प्रकृतिको जबर्जस्ती र होहल्ला आवश्यक छैन् । उनका अनुशार अबको आन्दोलन लोकतन्त्रमा गरिने आन्दोलन हो । विकास र समृद्धिकोलागि हुने महान आन्दोलन हो । यस्तो आन्दोलन, जहाँ असल परम्पराको संरक्षणसँगै, आन्दोलनका उपलब्धिलाई संस्थागत गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा बुधबार नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् ।