काठमाडौं । समाजको बढ्दो विकासक्रम सँगै मुटुरोगपनि खतरापूर्ण बन्दै गएको छ ।
हाम्रो जस्तो अल्पविकासित देश नेपालकै सहरी क्षेत्रमा बसोबास गर्ने झण्डै एक चौथार्इ जनसंख्यालाई अहिले पनि उच्च रक्तचाप हुने समस्या निकै खतरा बन्दै गएको विभिन् अध्ययनहरुले देखाएका छन् । मुटुरोगको मुख्य कारणको रुपमा उच्च रक्तचाप हो ।
नेपालमा पछिल्लो समय युवा पुस्तामा मुटुरोगको जोखिम दिन दुगुना रात चौगुनाको हिसाबले बढीरहेको छ । अनियममित खानपान, मध्यपान तथा धुमपान, अत्यधिक नुनको प्रयोग, सन्तुलित भोजनको अभाव र वंशाणुगत कारणले मुटुरोगको जोखिम बढीरहेको छ ।
कसरी बच्ने त ?
धुमपान त्याग्ने
धुमपान नगरेमा मानिस लामो समयसम्म बाँच्न सक्छ । उसलाई धेरै रोगको जोखिम कम हुन्छ । धुमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढी ह्दयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा चुरट पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ । त्यसैले धुमपान त्याग्नु अति आवश्यक हुन्छ ।
मदिरा सेवन नगर्ने
अत्यधिक रक्सीको मात्राले मुटुको मांसपेसीलाई हानि र उच्च रक्तचाप बढेर त्यस्ता व्यक्तीको अस्वाभाविक रुपमा तौल बढ्न सक्छ । अत्यधिक मदिरा सेवनले हृदयघातको अत्यधिक खतरा भएकाले पिउने आदत भए पनि आफूलाई आजैदेखि दिनको एक वा दुई प्याकमा सीमित गर्नुहोस् ।
मदिराको सेवनले केही रोगलाई फाइदा गर्छ भन्ने अनुसन्धान फेरिएर अहिले कुनै पनि प्रकारको फाइदा नभएको निष्कर्ष वैज्ञानिकहरुले निकालिसकेका छन् । त्यसैले मदिरा खानु मुटुका लागि राम्रो मानिदैन ।
नुन कम खाने
हामीले प्रयोग गर्ने अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटु रोगको जोखिम बढी हुन्छ ।
नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, टोम्याटो सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखानुहोस् । ब्रेकफास्टमा प्रयोग हुने रोटीमा हेर्दा स्वस्थ देखिए पनि अत्यधिक नुन राखिएको हुनाले यसको उपभोग गर्दा विशेष ख्याल गर्नुपर्छ ।
त्यसैले अत्यधिक नुनले पनि हामीलाई मुटु रोगलाई निमन्त्रण गर्छ । त्यसैले नुन कम मात्र खानुपर्छ ।
सन्तुलित खाना
स्वस्थ र सन्तुलित खानाले मुटुको रोग लाग्ने खतरा न्यून हुन्छ । त्यस्तो अवस्थामा हृदयघात भएपछि पनि बाँच्ने सम्भावना बढी नै हुन्छ ।
ताजा फलफूल, सागसब्जी, कार्बोहाइड्रेडयुक्त गेडागुडी, पास्तालगायतका खानेकुराले मुटुरोगको जोखिमबाट बचाउन सहयोग गर्छ ।
बिस्कुट, तारेका खानेकुरा, केक र डेरीबाट उत्पादित चिल्ला र गुलियो खानेकुरा कहिल्यै नखानुहोस् । त्यसैले मुटु स्वस्थ राख्नका लागि सन्तुलित भोजन गर्नु आवश्यक हुन्छ ।
तौल नियन्त्रण
संसारभर पछिल्लो समय अत्यधिक तौल हुने मानिसको संख्यामा वृद्धि भइरहेको छ । बेलायतमा प्रौढमध्येको आधा जनसंख्या मोटोपनबाट पीडित छ ।
अत्यधिक मोटोपन भएका मानिसमा चिल्लो पदार्थ पनि अधिक हुने भएकाले उनीहरुमा औसत मानिसमा भन्दा ५ गुना बढी मुटु र चिनी रोग हुने सम्भावना हुने चिकित्सकहरुको निचोड छ । यदि तपाईंमा पनि मोटोपनको समस्या छ भने आजैदेखि तौल न्यून गरी मुटुरोगबाट बच्नुहोस् ।
रक्तचाप र कोलस्ट्रोलको मात्र नियमित परीक्षण
तपाईमा उच्च रक्तचाप जति छ, त्यति नै आयु घट्ने सम्भावना हुन्छ । उच्च रक्तचाप भएका मानिसहरुमा ह्दयघातको बढी खतरा हुन्छ ।
कलेजोले उत्पन्न गरेको रगतमा कोलस्ट्रोलको मात्रा अधिक भएमा मुटुका धमनीमा चिल्लो बढ्नुका साथै ह्दयघात लगायतका मुटु रोग लाग्न सक्छ । कोलस्ट्रोलको तह घटाउन नियमित व्यायम र भोजनमा ख्याल गर्नुपर्छ ।
उच्च फाईबरयुक्त खानाहरु जस्तै गहुँको ढिडो, गेडागुडी, बदाम, फलफुल र सागपातको नियमित भोजनले कोलस्ट्रोलको मात्रा घटाउँछ । रातो मासु र चिल्लो खानु नै हुँदैन ।
तनाब
तपाईको जीवनमा तनाब छ भने कुनै न कुनै रुपमा मुटुमा समस्या हुन्छ । तसर्थ, ध्यान, व्यायम गरेर तनाबरहित जीवन जीउनुहोस ।
तनाबले मुटुरोग लाग्नलाई सहयोग गर्छ । हाँस्यव्यग्यात्मक कार्यक्रम हेर्ने र मनोरञ्जनलाई दैनिक केही समय छुट्टाउँदा तपाईंको मुटु स्वस्थ रहन सक्छ ।
वंशाणुगत रोगको पहिचानस् कतिपय रोग वंशाणुगत हुन्छन् । आफ्नो परिबारका कोहीलाई उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह र मुटुसम्बन्धी रोग लागेको छ भने तपाइलाई पनि यसको बढी खतरा हुन सक्छ । मुटुरोग एक वंशाणुगत रोग पनि हो ।
सक्रियता कायम राख्ने
मुटु पनि एउटा मांसपेशी भएकाले यसलाई तन्दुरुस्त राख्न मुटुलाई पनि व्यायामको आवश्यकता पर्छ, ताकि हरेक मुटुको धड्कनमा यसले स्वस्थ रगत शरीरभरि फैलाउन सकोस् । दिनमा कम्तीमा ३० मिनेट औसत दरको व्यायाम गर्नहोस् ।
तन्दुरुस्तीले शारीरिक स्वास्थ्य मात्र होइन, यसले मानसिक स्वास्थ्य र समृद्धि बनाउँछ । सकभर हेरकदिन कम्तिमा एक घन्टा हिड्दा मुटुरोगको जोखिम कम हुन्छ ।
घरायसी वातावरण
तपाईले घरायसी वातावरण पनि राम्रो बनाउनु पर्छ । स्वस्थ खाना, व्यायम र मनोरञ्जनात्मक कुरालाई घरायसी वातावरणमा सामेत गर्नुपर्छ । घरबाटै व्यक्ति र समाज स्वस्थ हुने भएकाले विशेषगरी घरायसी वातावरण स्वास्थ्यमा सजग खालको बनाउनु आवश्यक हुन्छ ।
एजेन्सीको सहयोगमा