सिमकोट । अन्तर्राष्ट्रिय आरोग्य दिवस हुम्लामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
हरेक वर्ष सरकारले वैशाख २ गते मनाउँदै आएको उक्त दिवश जिल्ला समन्वय समितिको कार्यालयमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइएको हो ।
जिल्ला प्रहरी कार्यालयका सहायक हवल्दार धनमाया सुनारद्वारा मन्त्रोच्चारण बाट प्रारम्भ भएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले हरेक व्यक्ति निरोगी हुनका लागि योग अपपिरहार्य भएको बताए । कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका प्रमुख शर्माले जिल्लाका नागरिक, सम्पूर्ण कार्यालय, नागरिक समाज, सुरक्षा निकायलाई निरोगी हुनका लागि जिल्लामै योग शिविर सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै गरेका छन् ।
स्वस्थ्य जीवन हरेक नगारिकका लागि अपरिहार्य रहेको उल्लेख गरेका प्रमुख शर्माले जिल्लामा योग शिविर सञ्चालनको लागि लाग्नु पर्ने बताए ।
संयुक्त राष्ट्रसङ्घले १५ अप्रिललाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै हुम्लामा पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाएकोसोही अनुसार आज अप्रिल १५ लाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइने गरिएको छ । दिवसले नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने रहेको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका निमिक्त कार्यालय प्रमख लालभिर राणाले जानकारी दिए ।
कार्यक्रममा नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु आरोग्य दिवसको मुख्य उद्देश्य रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका नि महानिर्देशक डा.श्याम बाबु यादवले जानकारी दिए ।
योगले मानिसको स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्ने विश्वास कार्यक्रमका वक्ताहरुले गरेका छन् । कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी, नागरिक समाज र सञ्चारकर्मीको अपस्थित रहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३ ०६:५१