असोज ५, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी –नेकपा) ले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ ।
नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो ।
प्रदेशको कमिटीमा चारलाई जिम्मेवारी दिने र त्यसपछि तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्य तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गएको जेठ ३ गते एकता भएपछि नेकपा गठन भएको हो । पार्टी एकता पश्चात सचिवालय र कन्द्रिय कमिटि बनाएको नेकपाले (आज) सुक्रबार पहिलो पटक प्रदेशको पार्टी एकताको शुरुवात गरेको हो ।
शुक्रबार बालुवाटारमा बसेको सचिवालयले प्रदेशका चार पदमा रहेका नेताहरूको तपसिलका नामहरुलाई निर्णय गरेर प्रदेश पार्टी एकता गरेको छ
प्रदेश १
इन्चार्ज: भीमप्रसाद आचार्य
सहइन्चार्जः सावित्री काफ्ले
अध्यक्ष: देवराज घिमिरे
सचिव: सुरेशकुमार राई
प्रदेश २
इन्चार्ज: सत्यनारायण मण्डल
सहइन्चार्ज: विश्वनाथ साह
अध्यक्ष: प्रभु शाह
सचिव: सुमनराज प्याकुरेल
प्रदेश ३
इन्चार्ज: अष्टलक्ष्मी शाक्य
सहइन्चार्ज: हितबहादुर तामाङ
अध्यक्ष: नारायण दाहाल
सचिव: आनन्द पोखरेल
गण्डकी प्रदेश
इन्चार्ज: पृथ्वीसुब्बा गुरुङ
सहइन्चार्ज: खगराज अधिकारी
अध्यक्ष: हितराज पाण्डे
सचिव: गोविन्द नेपाली
प्रदेश ५
इन्चार्ज: शंकर पोखरेल
सहइन्चार्ज: दलबहादुर राना मगर
अध्यक्ष: ओनसरी घर्ती
सचिव: जगप्रसाद शर्मा
कर्णाली प्रदेश
इन्चार्ज: जनार्दन शर्मा
सहइन्चार्ज: यमलाल कँडेल
अध्यक्ष: गोरख बोगटी
सचिव: मायाप्रसाद शर्मा
प्रदेश ७
इन्चार्ज: भीम रावल
सहइन्चार्ज: लक्ष्मीदत्त जोशी
अध्यक्ष: कर्ण थापा
सचिव: सिंहराज चौधरी (नेपबहादु)