असोज ६, काठमाडौं । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् ।
उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक कार्कीले आफूमाथि योजनाबद्ध रुपमा भौतिक आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेकी छन् ।
संस्थाकी सल्लाहकार कार्कीले शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाईन् ।सल्लाहकार कार्कीले संस्थाका जिम्मेवार व्यक्तिबाटै महिला सहकर्मीमाथि यस्तो यौन दुव्र्यवहार हुनु दुःखद् भएको भन्दै पीडकलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरिन् ।
उनले भनिन्, ‘आफ्नै संस्थामा कार्यरत महिला सहकर्मीमाथि एउटा जिम्मेवार व्यक्तिबाट यस्तो निच कार्य हुनु अत्यन्तै निन्दनिय छ । नीज कार्कीलाई सरकारले कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ ।’ महिला भएकै कारण आफू कार्यरत कार्यालयका पुरुष मित्रले यस्तो अमानवीय र महिलामाथि यौनजन्य हिंसा गर्नु महाअपराध भएकोले यो घट्नाको जति नै भत्र्सना गरेपनि कम हुने उनको भनाई छ ।
फाउण्डेशनले विगत ५ वर्षदेखि विभिन्न मानसिक आघात र परिस्थितिमा रहेका विरामीहरुलाई आवासीय सुविधासहितको उपचार प्रदान गर्दै आईरहेको जनाउँदै उनले यो पछिल्लो घट्नाले आफ्ना महिला विरामीहरुको सुरक्षामाथिपनि थप प्रश्नचिन्ह खडा गरिदिएको गुनासो पोखिन् ।
संस्थामा ३५ भन्दा बढि महिला विरामीहरुले आवासीय सेवा लिईरहेको उनले जानकारी गराइन् ।
आफूले यो विषयमा गम्भिर आपत्ति जनाउँदै संस्थाका पदाधिकारीहरुसँग छलफल गरेको र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दा स्वयम पीडक कार्कीले उल्टै आफूमाथि भौतिक आक्रमण गरेको जानकारी दिईन् ।