कात्तिक २९ मुगु । सोरु गाउँपालिकाका कर्मचारीले सदरमुकाम गमगढीमा सम्पर्क कार्यालय स्थापना गरी आफ्ना काम सत्तचालन गर्न थालेका छन् ।
सुरक्षाको कारण देखाउँदै गएको असोज दोस्रोसातादेखि गाउँपालिका नगएका कर्मचारीहरूले पदाधिकारीरू निर्णय बेगर सदरमुकाममै सम्पर्क कार्यालयबाट काम थालेका छन् ।
गएको असोज १३ गते गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत परशुुराम उपाध्यायमाथि नेकपा माओवादी ‘विप्लव’ समुहले भौतिक आक्रमण गरेपछि कर्मचारी गाउँगएका छैनन् ।
आफूमाथि भौतिक आक्रमण भएको स्थानमा गएर काम गर्न नसक्ने भएपछि गाउँपालिकाको दैनिक काममा बाधा नपुगोस् भनेर अस्थायी समयका लागि सदरमुकाममा सम्पर्क कार्यालयबाट काम थालेको गाउँपालिकाका कर्मचारीले बताएका छन् । उपचार गरेर भर्खरै जिल्ला फर्केका गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत उपाध्ययले गाउँमा अहिले नैं जान समस्या भएपछि आफ्नो स्वास्थ्य र कर्मचारीको सुरक्षालाई ध्यानमा राखेर गमगढीबाटै गाउँपालिकाको नियमित काम शुरु गरेको स्विकारे । ‘हामी मर्नु भन्दा बहुलाउन बेस भन्ने अवस्थामा पुग्यौं ।’ उपाध्ययले प्रश्न गरे, ‘कर्मचारीले ज्यानको बाजी राखेर कसरी गाउँमा जाने ?’ अहिलेसम्म गाउँपालिकाका पदाधिकारी र प्रशासनले समेत दोषी माथि कारबाही नगरेकाले पनि थप आक्रमणकारीको मनोबल बढेकाले कर्मचारीमाथि हुनसक्ने सुरक्षा चुनौतीको आकलन गरेर सम्पर्क कार्यालय स्थापना गरेको अधिकृत उपाध्ययको भनाई छ ।
तर कर्मचारीको भनाई प्रति गाउँपालिकाका पदाधिकारी सहमत छैनन् । असोजपछि धेरै पटक गाउँमा कर्मचारीलाई हाजिर हुन ताकेता गरेका गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले आफ्नो सहल्लाह बिना कर्मचारले मनोमानि रुपमा सदरमुकाममा सम्पर्क कार्यालय राखेको बताए । ‘मेरो आग्रहलाई टार्दै आएका कर्मचारीले गमगढीमै सम्पर्क कार्यालय सञ्चालन गरेर गाउँ जान मानेका छैनन् ।’ अध्यक्ष शाहीले भने, ‘नयाँ नीति अनुसार गाउँमा आएको सिंहदरबार त कर्मचारीको मनोमानीमा अब गमगढी स¥यो ।’
कर्मचारीले सुरक्षा बाहानामा गाउँपालिकालाई असफल बनाउन यस्तो गरेको आरोप उनको छ । प्रमूख प्रशासकिय अधिकृतमाथि भौतिक आक्रमण भएदेखि सुरक्षाको बहानामा अधिकांश कर्मचरी अन्यत्रै सरुवा गरेर गएका छन् सरुवा नभएका बाँकी कर्मचारीपनि सदरमुकाममै बसेर गाउँ नगएपछि गाउँपालिकाका नियमित काम ठप्प छन् । कर्मचारी नहुँदा पालिकाका ११ वटा वडा, दर्जन बढी स्वास्थ्य संस्था र सोही संख्यामा विभागीय कार्यालयमा कामका लागि आउने गाउँका सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।
आफ्नै घरदैलोमा हुने काम कर्मचरी नभएपछि एक देखि एक दिनको पैदाल हिडेर सदरमुकाम जानु पर्ने बाध्यताले आफूलाई समस्या भएको स्थानीय नागरिकहरूले गुनाशो गरेका छन् । गाउँपालिकाको सिरफारिस लिन आधा घण्टाको पैदल हिडेर गाउँपालिकाको कार्यालय पुगेका नार्थपुका दिपबहादुर बुमिले कार्यालयमा ढोका लगाएको देखेपछि कामै नगरेर घर फर्केको बताए । ‘हामीलाई पलिकामा को छन् को छैनन् जानकारी नहुँदा नत घरको काम भयो न पालिकाको काम भयो ।’ सोरु ६ का धनराज मल्ले भने, ‘हामी त सिंहदरबार गाउँमा आएको छ भन्ने खबर रेडियोबाट सुनेका थियौं तर आजभोली सिंहदरबार बन्द रछ ।’ आफ्ना छोराको सिफारिसका लागि गाउँपालिकाको कार्यालय पुगेका उनले कर्मचारी नभएपछि आगामी आइतबार गमगढी जानुपर्ने योजना सुनाए । कर्मचारी र जनप्रतिनिधि समेत गाउँपालिकाको कार्यालयमा नभएपछि काम नभै जानुको विकल्प सोरुका स्थानीयको अघि छैन् । नभएको बताए । तत्कालिन माओवादीको द्वन्द्वमा समेत गाउँको कामका लागि गमगढी धेरै नगएको बताएका सेरुवा स्थानीयलेअहिलेको अवस्थामा सदरमुकाम गएर सेवा लिनु पर्ने व्यवस्थाको बिरोध गरेका छन् ।
सदरमुकाममा कार्यालय राख्नु हुन्न– प्रशासन
जिल्लाको प्रशासनले गाउँमा रहने सोरु गाउँपालिकाको सम्पर्क कार्यालय सदरमुकाममा राख्ने काम राम्रो नभएको बताएका छन् । असोज १३ को घटनाका बारेमा सुरक्षा निकायले अनुसन्धान गरेर कारबाहीको अन्तिम चरणमा रहेको मुगुका प्रमूख जिल्ला अधिकारी जय घिमिरेले जानकारी दिए । सोरुका प्रमूख प्रशाकीय अधिकृतमाथि भौतिक आक्रमण गर्नेको पहिचान भैसकेको उनको भनाई छ । नेकपा माओवादी ‘विप्लव’ समुहमै संलग्नको हात रहेको बताएका अधिकारी घिमिरेले भने, ‘भौगोलिक विकटताका कारण सुरक्षा निकायलाई नियज्त्रण लिन केही समस्या भएको हो । सोरु गाउँपालिकाका कर्मचारीको पूर्ण सुरक्षाका जिल्लाको प्रहरी प्रशासनले सोरुकोटमै अस्थायी प्रहरी चौकी राखेकोले नडराई गाउँमै फर्किन जिल्लाको प्रशासनले आग्रह समेत गरेको छ ।