असोज ८, सिमकोट । खार्पूनाथ गाउँपालिकाको राया गाउँमा खानेपानी आयोजना निर्माण कार्य सुरु भएको ३ वर्ष बिते पनि गुणस्तर रुपमा खानेपानी निर्माण नहुँदा अलपत्रै परेको छ ।
कुति हिल्सा खानेपानी तथा सरसफाई आयोजानाको निमार्ण बर्षौ दिन विते पनि कमशल पाईप खरिद गरेर राख्ने, अन्य सामाग्री खरिदमा समेत उपभोक्ता देखि प्राविधीक र सम्बन्धित ग्रामीण जलस्रोत व्यवस्थापन कार्यालयको कमजोरीले खानेपानी आयोजना अलपत्रमा परेको स्थानिय बलविर रावल बताए ।
धारो बिछाएको छ, पानी सञ्चालनमा आएको छैन रावलले नेपालबोटसँग भने “त्रो आश मानेर शुरु गरेको खानेपानी आयोजनाले तहामीलाई थप बर्बाद पार्यो । गाउँका टोलटोलमा धारा बनाएका छन टुटी छैनन ।” ४५ लाख नगद सहित समुदायको समेत श्रमदान जोडिँदा करोडौंको लागतमा खानेपानी निमार्णधिन अवस्थामै अलपत्र परेको हो । ग्रामिण जलश्रोत परियोजनाको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजान कार्यलयका कर्मचारीकै कमजोरीले नै खानेपानी बन्न नसकेको स्थानीय बासिन्दापूर्ण रोकायाको ठहर छ ।
गाउँको हुम्ला माध्यमिक विद्यालय राया र राया तल्लो गाउँ, माझ गाउँ र गुम्बा गाउँ गरी ३२ वटा धारा निमार्ण गरिए पनि नमुनाका नाममा देखाउने धारा बनेको छन । हरेक वर्ष गाउँमा निमार्ण हुने खानेपानी धारा समयमै किन बन्दैनन त ? भन्ने बिषयमा नेपालबोटले राखेको जिज्ञासामा ग्रामिण जलश्रोत परियोजनाका प्राविधीक र्हकबहादुर बुढाले ३२ एमम ६ केजिको पाईप प्रयोग गर्दा फुट्ने हँुदा ४० एमम १० केजिको पाईप प्रयोगमा ल्याउदा त्यसो भएको बताए ।
गाउँमा ढलको राम्रो व्यवस्था नहुदा खानेपानीका धारामा समस्या आएको प्राविधिक बुढाले भने “परियोजनाको तर्फबाट हाम्रोपनि केही कमजोरी भयो । स्टमेट अनुशारका सामाग्रीमा केही कमी भएको महशुस हामीले गरेका छौं ।”
रायामा खानेपानी श्रोत नजिक भएता पनि स्वछ शुद्ध खानेपानीबाट स्थानियवासिन्दा भने आधारभूत पिउने पानीबाट समेत बञ्चित भएका छन् । खानेपानी आउने आशले गाउँ नजिकै रहेका परम्परगत धारा र खोलाबाट ल्याएको पानी खानु परेको स्थानीय पूर्णबहादुर रोकायाले बताए । बर्षामा बाढी, वर्षाका कारण खोला धमिलोमा पानी आउँछ, उनले भने। दूषित पानीका कारण बेलाबेला ज्वरो, झाडापखाला, पेट दुख्नेलगायत समस्या देखिदै आइरहेको रायाका स्थानीय बासिन्दा रोकायाले बताए ।