असोज ८, सिमकोट । जिल्लाको सामाजिक विकासमा आफूले गरेको दश करोडको उपलब्धी स्थानीय तहमा हस्तान्तरण गर्दै सामुदायिक विकास कार्यक्रम (सिडिपी) हुम्लाबाट बाहिरिएको छ ।
वेलायती सहयोग नियोग (डिाएफआइडी) आर्थिक सहयोग र ग्रामिण पुर्ननिर्माण नेपाल (आरआरएन)को प्राविधिक सहयोगमा जिल्लामा निर्माण भएका भौतिक पूर्वाधार, सामुदायिक संस्थालाई जिल्ला समन्वय समिति मार्फत स्थानीय तहलाई हस्तान्तरण गर्दै कार्यक्रम जिल्लाबाट बाहिरिएको हो ।
जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतलाई कार्यक्रमको हस्तान्तरण गर्दे जिल्ला संयाजक राजबहादुर रोकाया
जिल्लाको शिक्षा, स्वास्थ्य, सिचांईमा निर्माण भएका भौतिाक पूर्वाधार, समुदायका सदस्यको क्षमता विकास देखि कार्यक्रमले गरेका अन्य सबै कार्याक्रमको स्वामित्व जिल्ला समन्वय समिति हुम्लाका संयोजक दानबहादुर रावत मार्फत स्थानीय तहलाई हस्तान्तरण गर्दे कार्यक्रम हुम्लाबाट औपाचारिक रुपमा बाहिरिएको सामुदायक विकास कार्यक्रम हुम्लाका जिल्ला संयोजक राजबहादुर रोकायाले बताए ।
जिल्ल ासदरमुकाम सिमकोटमा आयोजना गरिएको संक्षिप्त प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला संयोजक रोकायाले भने “कार्यक्रम अवधिभर जिल्लामा हामीले गरेका सबै गतिविधिको विस्तृत विवरण यसेमा समावेश गरिएको छ । अब यि सबै कामहरुको स्वमित्व स्थानीय तहले लिनु होला ।”
जिल्लाका ६ गाउँपालिकाका १९ वडामा काम गरेको कार्यक्रमले आप्mनो कार्य अवधीभर सम्पनन गरेका १३ वटा विदालय भवन, खानेपानी र स्वास्थ्य संस्था ३।३ वटा, १ सिंचाई आयोजना निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।
आफूले गरेका काममा संलग्न भएको लाभाम्वीत वर्ग देखि खर्च भएको रकम र समय सिमा समेत उल्लेख गरेको बताएका जिल्ला संयोजक रोकायाले कायृक्रमले हुम्लामा काम गर्दा स्थानीयको क्षमता विकास देखि आयआर्जनका गतिविधिमा निकै राम्रो सफलता हात पारेको दावी गरेका छन् ।
३ हजार ६ सय ८८ जना कार्यक्रमका भौतिक पूर्वाधारबाट लाभाम्वीत भएको बताएको कार्यक्रमले त्यसबाट १ हजार ६ सय ३३ जनाको रोजगारी सृजना भएको उल्लेख गरेको छ ।
विभिनन ११ वटा व्यावसायिक तालिम सञ्चालन गरेको बताएको कार्यक्रमले १ सय ६३ वटा सामुदायिक सचेतना केन्द्रमाफृत १ सय ४७ वटा गतिविधि सञ्चालन गरेको जनाएको छ । जिल्लाका सरोकारवाला निकायका बिच आयोजना गरिएको स्वामित्व हस्तान्तरण कार्यक्रममा ८ करोड २६ लाख ९८ हजार ३ सय १६ रुपियाँ भौतिक पूर्वाधार तथा क्षमता अभिवृद्धीका खर्च गरेको जनाएको छ । यसैगरी विभिन्न कार्यक्रममा सहयोगग भन्दै ४ लाख २९ हजार ५ सय ३२ रकम खर्च गरेको छ भने कार्यालय व्यवस्थापनमा १३ लाख ९७ हजार ४ सय ३ रुपिायाँ ४ पैशा खर्च गरेको छ। कायृक्रम अवधीमा हुम्लामा मात्रै लतव भत्ता बापत १ करोड ७० लाख ९५ हजार ४ सय ८ रुपियाँ २७ पैशा खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
प्रकोप उघार सामाग्री हस्तान्तरण
आप्mनो कार्यक्रम अवधी सकेर जिल्लाबाट हात झिक्नेक्रममा सामुदायिक सहयोगक कायृक्रम हुम्लाले जिल्ला दैवी प्रकोप उद्धार समिति, साविकको खार्पूनाथ गाविस र सायाँ गाविसलार्य प्रकोप उद्धारका सामाग्ी हस्तान्तरण गरेको छ ।
जिल्ला प्कोप उद्धार समितिकन अध्यक्षमाधवप्रसाद ढुंगानालाई प्रकोप उद्धार सामाग्री हस्तान्तरण गर्दै
सिमकोटमा आयोजना गरिएको एक कार्यक्रमका बिच जिलला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका प्मुख जिलला अधिकारी माधवप्रसाद ढुंगानालाई प्राकृतिक प्रकोपमा परेकालाई तत्काल उद्धार गर्न उपयोग हुने सामाग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला संयोजक राजबहादुर रोकायाले प्मूख जिल्ला अधिकारी ढुंगाना र सम्बनिधत वडाका वडाअध्यक्षलार्यउक्त सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
जिल्ला समन्वय समितिबाट सम्मानित
जिल्लाको भौतिक पूर्वाधार देखि सामाजिक विकासका काममा योगदान पु¥याएको भन्दै जिल्ला समन्वय समिति हुम्लाले सामुदायिक विकास कार्यक्रम हुम्लालाई सम्मानित गरेको छ ।
कार्यक्रमले जिल्लामा गरेका कामहरुको स्वामित्व हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दानबहादुर रावतले प्रसंशा पत्र सहित कार्यक्रमलाई सम्मानित गरेका छन् । कार्यक्रमले हुम्लाको विकासमा निकै टेवा प¥याएको बताएका संयोजक रावतले यस्ता कार्यक्रम फेरी लागु गर्न आग्रह गर्दै त्यसले समाजमा पु¥याएको योगदानको प्रसंशा गरे ।
सिडिपीले जिल्लामा राम्रो काम गरेको भन्दै जिल्ला समन्वय समितिको तर्फबाट प्रसंशा पत्र हस्तान्तरण गर्दै समन्वय समितिका संयोजक दानबहादुर रावत
कार्यक्रममा प्रमूख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले सिडिपीको कार्यक्रमको मोडेल राम्रो लागेको भन्दै त्यसले जिल्लाको सर्वपक्षिय विकासमा योगदान पु¥याएकोमा धन्यवाद दिए ।