काठमाडौं । नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलविरुद्ध आएको भनिएको ज्यान मार्ने धम्कीमा कुनै सत्यता नभएको र उहाँमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरे ।
‘विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने, ‘यदि साँच्चै उहाँमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।’
विप्लबका गतिविधिले प्रतिबन्धलाई पुष्टि ग¥योविप्लब समूहले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । सो समूहले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो ।
पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यसअघि नै सो समूहको गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइएको विषयलाई पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए । ‘लुकेर गतिविधि गर्ने भएकाले हामीले पहिल्य नै भनेका हौँ, विप्लब समूहको गतिविधि आतङ्ककारी क्रियाकलाप हो’, उनले थपे, ‘लुकेर, छिपेर हमला गर्ने गतिविधि आतङ्ककारी शैली हो, त्यसले उहाँहरुलाई राम्रो गर्दैन, त्यो राम्रो कुरा पनि होइन ।’
डेपुटी गभर्नरलाई सफाई
वित्तीय क्षेत्रलाई समस्यामा पार्नेलगायत आरोप लागेपछि निलम्बनमा परेका नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ । प्रवक्ता बाँस्कोटाले श्रेष्ठमाथि लागेको आरोपका विषयमा छानबिन गर्दा कुनै ठोस प्रमाण नभेटिएपछ उहाँलाई सफाइ दिइएको प्रष्ट पारे । ‘श्रेष्ठका बारेमा छानबिन भएको हो, छनबिनमा कुनै त्यस्तो प्रमाण नभेटिएपछि सफाइ पाएको अवस्था हो’, उनले भने, ‘केही पनि प्रमाण फेला नपरीकन कारबाही गर्नै पर्छ भनेर हुँदैन, छानबिन भएको हो, केही फेला परेन ।’
मुलुक निर्माणमा नेकपा र नेका भाइभाइ
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको आर्थिक सहायता स्वीकार गर्ने प्रक्रिया झण्डै एक दशक अघिदेखि अगाडि बढेको जानकारी गराए । एमसिसी सहायतामा कुनै राजनीतिक विषय नजोड्न आग्रह गर्दै बाँस्कोटाले निकै लामो प्रक्रिया पार गरेर मात्रै अमेरिकाले नेपाललाई सहायता दिन लागेको बताए ।