असोज १०, काठमाडौं । सत्तापक्ष नेपाल कम्यूनिष्ट पार्टीका सासदले सांसदमा आप्mनै पार्टीकोदुई तिहाई सरकार बिरुद्ध पहिलो पटक मुख खोलेका छन् ।
(आज) बुधाबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले भने 'यो दुई तिहाई सरकारका कारण बाटोमा मुख देखाएर हिँड्न लाज भइसक्यो ।'
प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा सरकारको गतिविधि, महंगी, यातायात व्यवसायीको भाडा वृद्धी जस्ता घटनाले मुख देखाएर हिँड्नै लाज भइसकेको बताए ।
१३ वर्षिइ वालिका पन्तको बलत्कार पश्चात हत्याको घटनामा राज्यको स्थायी संयन्त्रले अनुसन्धान अघि बढाउनुभन्दा आयोग बनाएर प्रतिवेदन कुरेर बस्नु लाजमर्दो भएको उनको भनार्इ थियो ।
‘हत्या बलात्कार ज्यानमारा सबैमा आयोग बनाउने अनि प्रतिवेदन आएपछि कहाँ को लुकेको छ भनेर खोज्दै हिँड्ने रु के तरिका हो यो’ उनले प्रश्न गरे ‘आउँदा दिनमा कुनै पनि केसमा आयोग बनाउने टोली खटाउने प्रतिवेदन आउँछ पख्नुस माननीयज्यू भन्ने अनि प्रतिवेदन आएपछि बल्ल छानबिन गर्ने हो रु हरेक घटनामा आयोग बनाउने हो भने स्थायी राज्यको संयन्त्रलाई तलब खुवाएर किन राखेको रु मुख देखाएर हिँड्न लाज भइसक्यो ।’
सांसद खतिवडाले निजगढ विमानस्थलमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नहुँदै, कतिवटा रन वे बनाउने टुंगो नहुँदै र लगानीको सुनिश्चितता नहुँदै रुख काट्न हतार गरेकोमा पनि आपत्ति जनाएका छन् ।
‘केही कुरा टुंगो भएको छैन । रुख काटेर बेचेर बेचिहाल्ने’ उनले भने ‘दौरा न सौराको खल्ती भनेको यही हो ।’ मेलम्ची आयोजनाको लागि लगानी जुटाउन ८ र १० वटा दाता गुहार्नुपरेको भन्दै सांसद खतिवडाले तत्कालै रुख काट्न खोज्नु दिन दहाडै डाँकागिरी भएको टिप्पणी गरे ।
चिनी उद्योगीहरुले सरकारसँगै साँठगाँठ गरेर मूल्यवृद्धि गराएकोमा पनि खतिवडाले आप्mनै सरकारको नेतृत्वको सरकारको चर्को बिरोध गरे । सुरुमा भन्सार वृद्धि गर्न लगाएका उद्योगीहरुले पछि चिनीको आयात नै रोक्न लगाएको र अहिले दशैंको बेलामा मूल्यवृद्धि उनले आरोप लागए ।
‘उखु किसानको पैसा भुक्तानी गर्ने नाममा चिनीको भन्सार १५ प्रतिशतबाट ३० प्रतिशत बनाइयो, ३० प्रतिशत भन्सारले पुगेन पुरै रोक्नपर्छ भनेपछि आयात नै रोकियो’ उनले भने ‘केही दिनअघि प्रधानमन्त्री कार्यालयमा तामा तुलसी छोएर किलाको ६४ रुपैयाँ भन्दा बढीमा बेच्दैनौं प्रतिज्ञा गरेर निस्कनुभयो । संसद बैठकमा नेकपाका सांसद खतिवडाले भने अहिले दशैं तिहारमा सय रुपैयाँ नघाउछौं भनेर गर्वका साथ घोषणा गर्दै हिँडेका छन् ।’
चिनी माफियाका अगाडि सरकार निरिह भएको सांसद खतिवडाको आरोप छ । ‘यो निरिहता कसको ? यो निरिहतामात्र होइन चिनीको चास्नीमा कुन कुन झिँगा लटपटिएका छन् । खुल्दै जाला’ उनले भने ।