हुम्ला । कोभिड–१९ को त्रासले विश्वभर आतंकित भएर नेपालमा mसरकारले आजदेखि पुरै देशनै लकडाउन गरेको बेला हुम्लाका गाउँमा भने त्यसको खसै प्रभाव परेको छैन । जिल्लााके तल्लो क्षेत्रका स्थानीयले न कोरोनाको डर न लकडाउनको वप्रभाव भन्दै नियमित ?पमै आफ्ना कामकाज गर्दै आएका छन् । कोरोनाको संक्रमण फैलिने डरले नेपाल सरकारले हुम्लालगायत ७७ वटै जिल्लामा आज बिहन ६ बजेदेखि लकडाउनको गरेर अत्यावश्यक काम बाहेक घरबाट बाहिर नििनस्कन आदेश जारी गरेपनि त्यसको प्रभाव हुम्लाका गाउँमा खासै परेको छैन् । यहाँका नागरीकले सदाझैं आफ्ना नियमित काम गरिरहेका छन् ।
सरकारको निर्णयले यहाँका विद्यलय बन्द गरिएका भएपनि अन्य कार्यालयहरू भने निर्वाध ?पमा सञ्चामलनमा आएका छन् । गाउँमा सामान्य घाखोकीका बिरामी भएपनि कोरोनाको प्रभावबाट कोहीपनि त्रसित नदेखिएको स्थानीय स्वास्थ्यकर्मीले बताएका छन् ।
आज मंगलबार बिहान ६ बजेबाट एक साताका लागि घोषणा गपिरएको लकडाउनमा गाउँघरका स्थानीय गाई, बाख्रा चराउने देखि खेतबारीको काम गर्ने र स्थानीय तहबाट भेला गोष्टीको आयोजना पनि गर्ने गरिएका छन् ।
स्नोल्यान्ड एकिकृत विकास केन्द्रले सञ्चालन गरेका कुक तालिम, हातेहोजारी तालिम पनि निरन्तर ?पमा सञ्चालनमा रहेको छ । नेपाल सरकारले बिबाह ब्रतबन्ध, दाहसंस्कार जस्ता कुनै पनि कार्यक्रम भेला, गोष्ठिको आयोजना गर्नु भन्दा अत्यावश्इक काम बाहेक घरबाट बाहिर ननिस्कन आदेश गरेपनि दुर्गमकाm गाउँहरूमा यसको पालन भएको छैन् । गाउँमा अहिलेसम्म कोरोनाको लक्षण गरेका कुनै बिरामी नभेटीएकाले पनि खासै कसैले वास्ता नगरेको स्थानीय गाउँपालीकाले जनाएका छन् ।
कर्णाली कोरिडोरको काम सञ्चालन
सरकारले पुरै देश लकडाउन गरेपनि नेपाली सेनाले निर्माणको जिम्मा लिएको कर्णाली करिडोरको सडक निर्माणको कामसमेत नियमित जस्तै सञ्चालन हुँदै आएको छ । कोरिडोरको विभिन्न स्थानमा काम गरिरहेका कामदारले आज बिहानै देखि निर्वाध रुपमा नियमित जस्तै काम गर्दे आएका छन् ।
हामीलाई कसैले काम नगर्न भनेनन् अदानचसली गाउँपािलकाको दोमुखमा काम गर्दै आएका एक कामदारले नेपालबोटसँग भने, हामीलाई सरकारले के गरेको छ भन्ने केही थहा छैन ठेकदारले काम गर भनेपनि हामीले आजपनि बिहानै देखि सडक निर्माणाके कामलाई निरन्तरता दिएका हौ ।
तत्काल काम रोक्न निर्देशन दिन्छौं
कर्णाली कोरिडोरको काम सञ्चालनमा आएको र गाउँमा तालिम गोष्ठी जस्ता कार्यक्रम भैरहेको बारेमा जानकारी नभएाके उल्लेख गरेको जिल्ला प्रशासन कार्यालय हुम्लाले तत्काल काम रोक्न निर्देशन दिने जनाएको छ । सरकारले लकडाउजन गरेको बेला समेत गाउँमा काम भैरहेको भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले तत्कालै सम्बन्धित निकायलाई खबर गर्ने बताइन् । ‘सबै काम रोक्ने कुरा भएको थियो ।’ उनले भनिन्, ‘त्यसो भए म तत्काल सम्बन्धित निकायलाई खबर गरेर काम रोक्न भनिहाल्छु ।’