हुम्ला । कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला सदरमुकाम सिमकोटमा ३० शैयाको अस्थाई क्वारेनटाईन तयार पारिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिले ५० शैयाको क्वारेनटाईन बनाउने निर्णय गरेपछि ३ दिनमा ३० शैयाको क्वारेनटाईन बनाउन सफल भएको प्रमुख जिल्ला अधिकारी विनिता भटरार्ईले बताइन् ।
उपत्यका बाहीर पनि कोरोनाको संक्रमण देखीएकाले सम्भावीत जोखीमलाई न्युनिकरण गर्नको लागि अहिले तत्कालका लागी ३० शैया बेड ३० जनालाई राख्ने मिल्ने गरी बनाईएको प्रमुख जिल्ला अधिकारी भटराईले बताईन् ।
क्वारेनटाइनमा हुनुपर्ने आवश्यक खाट, बेडसेट, उपकरण, औषधी र अन्य सामान ३० वटै बेडमा व्वस्थापन गरीएको उनले बताईन् । उनका अनुसार जिल्लाका सातवटै गाउँपालिका मध्ये केहीमा क्वारेनटाइन बनिसकेकोले बाँकी रहेका गाउँपालीकामा पनि तत्काल व्यवस्थापन गर्न निर्देशन जारी गरिुउको छ ।
अदानचुलीमा हेल्पडेस्कको अनुगमन
गाउँपालिका पदाधिकारीले गाउँपालिका स्थापना गरिएका अस्थायी हेल्थ डेक्सहरुको बिभिन्न ठाउँहमा राखीएका हेल्पडेस्कको अनुगमन गरिएको छ ।
अदानचुली गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा राखीएका हेल्पडेस्कको आज अनुगमन गरेको स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहितको टोलीले आफूले राखेको हेल्पडेस्कमा स्वास्थ्य परिक्षण गर्न आउने बिरामीको अवस्था र आवश्यक सामाग्रीको बारेमा बुझ्न अनुगमन गर्ने काम भएको संयोजक महताराले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्षको नेतृत्वको टोलीले मकैको गैरा ईब्ला, तिर्थासैनमा राखीएको हेल्प डेस्कमा र उपाध्यक्षको नेतृत्वको टोलीले बातमाडौ र ठानदेवमा रहेको हेल्पडेस्कमा अनुगमन गरेका हुन् ।
उनका अनुसार चार वटै हेल्पडेस्क गरेर तिन सय भन्दा बढीले स्वास्थ्य सेवा लिएकोमा अहिलेसम्म कुनै खालको संक्रमण नदेखीएको बताउँदै लकडाउनमा आवत जावत गर्न नदिन निर्देशन दिएको छ ।
भिईघाटमा रहेको हेल्पडेस्कमा भने फेज नेपालले सहयोग पुगेको हेल्थ असिस्टेन बिस्नु महताराले बताए ।
यता मुगु जिल्लाको सोरु गाउँपालिकाले राखेको हेल्पडेस्कको समेत अनुगमन गरेको छ । सोरु गाउँपालिकाको बालुकुनामा रहेको हेल्पडेस्कमा सामान्य रहेको तर स्वास्थ्यक्रमीलाई गाउँपालिकाले सुरक्षाका सामग्रीहरु उपलब्ध नगराएकोले आफू भने असुरक्षीत भएको हेल्पडेस्कमा खटीएका करुन बिकले जानकारी दिए ।