काठमाडौं । कोरोना संक्रमणको त्रासले क्वरेन्टिनमा बसेकै अवस्थामा घरमा आमा गुमाएका दार्चुलाको शल्यशिखर नगरपालिका १ का ३५ वर्षीय वासुदेव भट्टले शिविरमै सेतो कपडामा कोरा बसेका छन् ।
भारतका पहाडहरूमा केही महिना काम गर्न गएका भट्ट कोरानाको बढ्दो संक्रमण सँगै घर फेर्कपछि उनलाई स्थानीय प्रशासनले करेष्टिनमा राखिएको थियो । घर फर्काइएपनि आफ्नै देशमा फर्किएर आमाबुवा र परिवारसँगै बस्छु भन्ने उनको योजना क्वारेष्टिनमै अधुरो भएको छ । भारतबाट अन्य साथीहरुसँग फर्केका भट्टलाई महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले सिधैं क्वारेष्टिनमा राखेकै समयमा घरमा आमाको मृत्युको खबर सुन्नु परेपछि उनको सपना कहिल्यै पुरा नहुने गरी बिराम लागेको हो । मंगलबार घरबाट उनकी ५५ वर्षकी आमालाई हृदयघात भएर बितेको खरब आएपछि उनी अहिले शिविरमै सेतो पहिरनमा आमाको किरया गर्ने अवस्थामा छन् ।
सँगै बसेका साथीहरूले दार्चुलाका केही जनप्रतिनिधि र सिडिओलाई फोन गरे। उनीहरूको आशा थियो, आमा मर्दा त छोरालाई घर फर्किन दिन्छन् होला। यता घरबाट उनका साना भाइबहिनी पनि जेठो दाजु आउनुहुन्छ भन्ने आशमा थिए।
'मैले हिजोदेखि सिडिओसाबलाई फोन गरेको गर्यै छु। कसैले फोन उठाउँदैनन्,; बुधबार दिउँसो रुदैं वासुदेवले भने, 'म परिसान भएको छु यिनीहरूको के राजनिति हो यो आमाको किरिया पनि गर्न नपाउने भएँ।'
उउनीसहित चारभाइ भएका वासुदेवका एक भाई बैंग्लोरमा छन् अरू घरमौ भएपनि सानै छन्। रातभर कुर्दा पनि दाइ नआएपछि उनका भाइले बुधबार बिहान आमाको सतगद् गरेका छन्। उनको नेपाल फर्किने केही सिप नलागेपछि उतै सेतो कपडा लगाएर कोरामा बस्न थालेका छन्।
'केही किलोमिटर टाढाको वारि वासुदेवको घरमा आमा बितेको शोक छ, महाकाली पारि उनी कोरामा बसेका छन्। ‘मलाई आमाको किरिया गर्न दिए बरू जुठो छोडेपछि म क्वारन्टाइनमा बस्थें,' उनले भने।
वासुदेवलाई नेपाल आउन दिनेबारे दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले यसबारे केन्द्रले नै निर्णय गर्नुपर्ने बताए। ‘हामीले यहाँ केही गर्न सक्दैनौं। केन्द्रले भनेपछिमात्र सबैलाई ल्याउने कुरा हुन्छ,’ उनले भने, ‘लकडाउनको समयमा एक जनालाईमात्र ल्याउने कुरा हुँदैन।’