छलफलमा सांसदहरूले बजेट विनियोजन गर्दा पहुँचका आधारमा नभई समानुपातिक, समावेशी र सन्तुलनका आधारमा गर्न सुझाव दिएका छन्।
उनले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम एवं बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना र कार्यक्रमका सम्बन्धमा आज प्रदेशगत रूपमा संघीय सांसदहरुसँग सुझाव लिएका हुन्।
मन्त्रालयमा भएको छलफलको पहिलो चरणमा नेकपाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सुदूरपश्चिम र कर्णाली प्रदेशका सांसदसँग र दोस्रो चरणमा प्रदेश १ का सांसदसँग छलफल भएको छ।
त्यस्तै भोलि, १९ वैशाखमा प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का नेकपाका सांसदहरुसँग सुझाव लिने मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ।
त्यस्तै, प्रतिपक्षी दलका सांसदहरुसँग पनि क्रमबद्धरुपमा सुझाव माग्ने योजना छ। रासस