असोज १७, सिमकोट । जिल्लाबाट प्रतिनिधित्व गर्ने तिनै जना प्रदेश र प्रतिनिधिसभाका साँसदहरुको घर भएको गल्ली (साँसद गल्ली) मा बाटो चौडा गर्ने काम शुरु भएको छ ।
०७४ मंसीर १० गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा, हुम्ला प्रदेश सभा ‘क’ मा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र हुम्ला प्रदेश सभा ‘ख’ मा नेपाली कंग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य तथा कर्णाली प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीको घर भएको गल्लीमा बाटो निकै साँघुरो भएको भन्दै सिमकोट गाउँपालिकाले उक्त काम शुरु गरेको हो ।
सदरमुकाम सिमकोट माथिल्लो बजारमा अवस्थित तिनै जना साँसदहरुका घर भएको गल्लीको बाटो निकै साँघुरो र गाउँपालिकाको नीति अनुरुप नभएको भन्दै चौडा गर्न शुरु गरिएको सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले बताए ।
उनका अनुशार गाउँपालिकाले पास गरेको बाह््य बाटो र भित्रि बाटो सम्बन्धि नीति अनुशार साँसद गल्लीमा चार मिटर बाटो चौडा गरिने छ ।
गएको साता मात्रै नयाँ प्राविधिक कर्मचारीलाई करारमा नियुत्त गरेको गाउँपालिकाले पछिल्लो पटक सिमकोटको बाटो चौडा गर्ने कामको शुरुवात जिल्लाका राजनीतिक अगुवाहरुकै घरबाट गरेको जनाएको छ ।
“जिल्ला भन्दा प्रदेशकै विकासका लागि अग्रसर भएका नेताहरुको घरबाट बाटौं चौडा गर्ने कामको थालनी गरेका छौं ।” सिमकोट गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत दर्जीले नेपालबोटसँग भने, बाटो चौडा गर्ने कामका लागि केही स्थानमा घर भत्काउनु परेपनि हामी पछि हट्ने छैनौं ।”
अव्यवस्थित वस्ती भएको हुम्ला सदरमकाम सिमकोटका बाटाहरु चौडा गर्ने काम गएको वर्षदेखि शुरु गरेको सिमकोट गाउँपालिकाले यो वर्ष जिल्लाकै ठूला व्यक्तीहरुका घरआँगनमा चौडा गर्दा उनीहरुबाटै सकरात्मक प्रतिक्रिया आएपछि सर्वसाधारणको घर आँगनको बाटो चौडा गर्ने काममा थप सजिलो हुने अपेक्षाका साथ साँसद गल्लीबाट चौडा गर्ने काम अघि बढाएको सिमकोट गाउँपालिकाले जनाएको छ ।
भित्रि बाटो चार मिटर र बाहिर बाटो सात मिटर चौडाको अभियानमा जुटेको गाउँपालिकाले आप्mना प्राविधिक मार्फत बाटोका लागि आवश्यक क्षेत्रको मार्क गरेर तिनैजना साँसद देखि आसपासका व्यक्तीसँग समेत छलफल गर्ने जनाएको छ ।
जिल्लाका तिनैजना साँसद लामा, रावल र शाहीको घर एउटै गल्लीमा पर्ने भएपछि गाउँपालिका देखि सर्वसाधारणले साँसद गल्लकिा रुपमा चिन्दै आएका छन् ।