असोज १७, सिमकोट । विगत एक दशक यता स्थानीय प्रशासनको नेतृत्वमा जो आएपनि कामको प्राथमिकताकै अग्रपंतीमा हुन्छ, चिनिया मदिरा आयातमा सुन्य सहनसिलता । तर हरेक वर्ष सुरक्षा निकायले १०।२० कार्टुन बाहेक अरु कतै भेटिदैन् ।
चिनका सबै नाकामा प्रहरी प्रशासन जोडतोडका साथ लागेको बताईए पनि नाकाबाट आयात गर्दा
कतै सुइको पाइदैन तर प्राय गाउँमा जाँदा बाह्रै महिना चिनियाँ मदिरा प्रयोग गरेको देखिने समस्या हुम्लाको नौलो होइन ।
यो वर्षपनि स्थानीय प्रशासनले जिल्लाका सबै प्रहरी चौकीलाई चिनिया मदिार जुनसुकै हालतमा पनि भित्रिन नदिनु भनरे कडाईका साथ उर्दी जारी ग¥यो तर उपलब्धी खासै हात लागेन ।
जिल्लाको लिमि, चुवाखोला, चेंखेलीको टाँके लाग्ना अवैध चिनिया मदिरा आयात हुने मुख्य नाका हुन् भन्नेमा प्रहरी प्रशासन निकै जानकार छ । कसरी आउँछ भन्ने सूचना पनि स्थानीय प्रशासन समक्ष वेलावेलामा नआएका होइनन् । तर बरामत निकै कम भएका कारण प्रशासनको उक्त भनाई प्रसत स्थानीयले विश्वश गर्न छोडिसकेका थिए ।
जब जिल्लामा चिनिया मदिरा भित्रिने मध्येको प्रमूख अवैध नाका चेंखेली ५ नेप्काको टाँके नाकाबाट आउने चिनिया मदिरालाई नियन्त्रण गर्ने बारेमा चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई र उपाध्यक्ष बिमलाकुमारी शाहीले कार्यपालिकाबाटै एक श्वरमा निर्णय गरे । अनी जिल्लामा भित्रिने करोडौंको चिनिया मदिार बरामत गर्न प्रहरी प्रशासन सफल भयो ।
कुरा गएको भदौ महिनाको ९ गते पिप्लाङ्ग प्रहरी चौकी र चंखेली गाउँपालिकाको गते पिप्लाङ्ग प्रहरी चौकी र चंखेली गाउँपालिकाको संयुक्त टोल नेप्का गयो अनी मात्रै जिल्लाको मदिरा नियन्त्रर्णको इतिहाँस रच्दै ठूलो परिणामको मदिरा बरामत गरेर नष्ट ग¥यो ।
चंखेलीले गरेको प्रक्रिया
“अबैध मदिरा भित्रियो भने तुरुन्त गाउँपालिकामा खबर गर्नुपर्छ सोही अनुशार हामीले एक्सन लिनु पर्छ भनेर पूर्व तयारमा रहन सबैतर्फ निर्देश्न गरिएको थियो ।” अध्यक्ष चौलागाईले भने ‘हामी नेप्काको गाइवस्तु राख्ने पाटनमा पाल हालेर गाउँपालिकाका जनप्रतिनिधि र सुरक्षाकर्मीले ड्राई फुड मात्रै खाएर असाध्यै मेहेनतका साथ हाम्रा साथीहरुले समय बिताए ।’
“हाम्रो टोलि नाका नजिक आएको चाल पाएका चिनिया मदिरा ल्याउनेहरु निके सजग भएका रहेछन् । अनी हाम्रा सुरक्षाकर्मीलाई हामीले अर्थपूण रुपमा खनातलासीमा लगायौ ।” अध्यक्ष चौलागाईले नेपालबोटसँगको कुराकानीमा भन्ने ‘पछि माथि ओढारमा जाँदा २ हजार ८ सय २८ कार्टुन (झण्डै साढे एक करोडको मदिरा) भण्डारण गरेर राखेको ओढारमा भेटायौं ।’
चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईसँग गरेको नेवालबोट संवाद तलको भिडियोमा हेर्न सक्नु हुने छ ।