असोज १८, सिमकोट । हुम्लाको सिमकोट गाउँकार्यपालिकाक सदस्य बिनोदकुमार विकले आफु संगल्न रहेका गाउँपालिकाको विभिन्न समितिबिाट राीनामा दिएका छन् ।
स्थानीय सरकारको मन्त्री परिषदका रुपमा मानिने कार्यपालिका सदस्य विकले आफु रहेका समितिमा आफूलार्य कुने जानकारी नभई विभिन्न सार्वजनिक महत्वका निर्णय गरेको भन्दै राजीनामा दिएको बताएका छन् ।
सिमकोट गाउँपालिकाका अध्यक्षलाई संवोधन गरेको राजीनामा पत्रमा सदस्य विकले भनेका छन्, “गाउँकार्यापालिकाको निर्णय अनुशार म राजश्व परामर्श समिति, न्यायिक समिति, लेखा समितिको सदस्य पदमा रहेको थिएँ । तर सिमकोट गाउँपालिकाको राजश्वका बारेमा जानकारी नभई राजश्वबाट संकलित रकम कर्णाली रोजगार कार्यक्रमबाट खर्च गरिएको र उक्त रकम कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अक्तियारी लिन नसकी पटक–पटक फिर्ता भएपछि सार्वजनिक लेखा परिक्षणको माग राख्दा समेत हुन सकेन ।”
गाउँपालिकामा उठेको राजश्वको बारेमा असन्तुष्ट विकले बिहिबार (आज) बिहान देखि शुरु भएको गाउँ सभाको बैठकमा अध्यक्ष पदमबहादुर लामालाई बुझाएको राजीनामा पत्रमा भनेका छन्, समयमै गाउँपालिकाको सार्वजनिक लेखा परिक्षण समेत हुन सकेन् । जसले गाउँपालिकाको २ करोड बजेट फ्रीज गएको छ । विकले नेपालबोटसँग भने, “यसका बारेमा मैले अनेक पटक अभिमत राख्ने प्रयास गरे तर कुनैसुनुवाई भएन् ।”
आफू बसेको समितिमा केही सुनुवाई नभएपछि त्यत्तिकै जिम्मेवारी ओगट्नु भन्दा त्यसबाट बाहिरिनु नै बेस भएको ठानेर पालिकाको राजश्व परामर्श, न्यायिक र लेखा समितिबाट राजीनामा दिएको सदस्य बिकले बताए ।
बिहिबार (आज) बिहान देखि शुरु भएको गाउँपालिकाको वर्षे गाउँसभामा विकले राजीनामा दिएको बताए ।