बझाङ । बाहिरबाट आएका व्यक्तिलाई राख्ने सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तयार पारिएका क्वारेन्टिन पछिल्लो समय मृत्यु स्थला रुपमा परिणत हुँदै गएका छन् ।
अहिलेसम्म प्रदेशका विभिन्न स्थनामा राखिएका क्वारेन्टिनमा ९ जनाले ज्यान गुमाइसकेपछि स्थानीयले क्वारेन्टिनलाई मृत्यु स्थलाका रुपमा परिभाषित गर्न थालिएको छ ।
बैतडीको पुरचौर्डी नगरपालिका–६ भूमिराजका ६७ वर्षिय जुनी लोहारले झुलाघाट नाका हुँदै वैशाख १८ गते आफ्नै भूमिमा पाइला टेके । १८ गते राति उनको समूहमा रहेकालाई जिल्लाको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो । १९ गते पुरचौर्डी नगरपालिकामा ल्याइएको थियो । २० गते बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाँदै गर्दा उहाँको मृत्यु भयो । यस्तै जेठ १७ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ को एक परिवार भारतबाट डडेल्धुरा प्रवेश ग¥यो । त्यो परिवारलाई डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखियो । त्यसको भोलीपल्ट जेठ १८ गते आमाबुबासँगै आएका एक अन्दाजी ७ वर्षिय बालकले ज्यान गुमाए । १८ जेठमा पनि बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो ।
बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । जेठ १६ गते बैतडी पुर्चांैडी नगरपालिका ४ की २२ वर्षीया सुनिता लुहार गौरीफन्टा नाका हुँदै गृहजिल्ला प्रवेश गरे । उनलाई पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा राखियो । मुटुकी बिरामी उहाँले औषधी सेवन नगरेको धेरै दिन भएको थियो । औषधी अभावमा लुहारको जेठ २० गते बिहान मृत्यु भयो ।
डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ असिग्रामकी एक ३० वर्षीया महिला जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर गाउँ फर्किनुभयो । उहाँको पनि जेठ २० गते मृत्यु भयो । बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का ६५ वर्षीय गिठे बुढा २५ वर्षपछि जेठ १५ गते भारतबाट आएर गाउँ नजिकैको मष्टा आधारभुत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा बसे ।
२४ गते बिहान उहाँको क्वारेन्टाइनमा नै मृत्यु भयो । बैतडीको पाटन नगरपालिका ६ का ३१ बर्षीय एक पुरुष जेठ २४ गते भारतको बेंगलोरबाट पाटन आइपुगे । उनलाई बैतडीको पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा राखियो ।
शनिबार साँझ साढे ६ बजेतिर बेहोस भएका ती पुरुषको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर मृत्यु भयो । डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीका एक १९ वर्षीय युवक भारतको लुधियानाबाट फर्किए । जेठ १९ गते भारतबाट आएका उनलाई डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ३ को सिताराम आधारभुत विद्यालयको क्वारेन्टिनमा राखियो । ती युवकको पनि आइतबार बिहान क्वारेन्टाइनमा नै मृत्यु भयो । यसरी सुदरपश्चिम प्रदेशमा भारतबाट फर्केर आइ क्वारेन्टाइनमा बस्नेहरुको ज्यान जोखिममा पर्न थालेको छ ।