बाजुुरा। बिहिबार सुदूरपश्चिम प्रदेशका थप २७ जनामा देखिएको कोरोना संक्रमितमध्ये १७ जना बाजुरा जिल्लाको बूढीगंगा नगरपालिका रहेको पुष्टि भएको छ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणका क्रममा बूढीगंगा नगरपालिकाका १७ जनामा कोभिड–१९ पुष्टि भएको हो। एकै दिन एकै वडाका यती ठूलो संख्यामा कोरोना पुष्टि भएका उनीहरू सबै भारतबाट फर्किएर एउटै क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।
नगरपालिकाको वडा नम्बर १ को धुरालसैन माविको क्वारेन्टाइनमा जन्मिएका ४ दिने शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
संक्रमितहरूमा ३ वर्षीय बालिका, १४ वर्षीय बालक, १८, २१, २२, २६, ३६, ४०, ४५ वर्षीया महिला र २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुषहरू छन्।
केही दिनअघि सोही क्वारेन्टिनमा वसेकी एक बालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो। उनकी आमा भने उपचाररत छिन्।