हुम्ला । सडक यातायातको सञ्जालमा नजोडिएको हुम्लाको चंखेली गाउँपालिका मुगुसँगको अन्तर जिल्ला लिंक रोडले जोडिएको छ ।
कर्णाली राजमार्ग अन्तरगत मुगु–हुम्ला लिंक रोडको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै जिल्लाको चैखेली, सर्केघाड र मध्ये क्षेत्र सडक सञ्वालमा जोडिएको हो ।
मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिकाको देउलीसम्म जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खन्ने काम भर्खरै सकिएको हो ।
राष्ट्रिय सडक सञ्जालमा समाहित नभएको हुम्ला सदरमुकाम सिमकोट जोड्ने छरितो मार्गका रुपमा लिइएको मुग–हुम्ला लिंक रोड निर्माणको जिल्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित ग्रामिण पहुँच कार्यक्रम (¥याप तेस्रो चरण) ले उक्त ट्रयाक खन्ने काम सम्पन्न गरेको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । ‘सन् २०१८ मा सुरु गरिएको लिंक रोड निर्माण कार्य २ वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ ।’ उनले भने, यो रोडको ट्रयाक खन्ने काम पुरा भएसँगै हुम्लाको चंखेली, सर्केघाड र सदरमुाम आसपासमा मेत दैनिक उपभोग्य सामाग्री निकै सहज हुन थालेको छ ।’
मुगु–हुम्ला लिंक रोडको बीचमा ११ वटा स्काभेटरको प्रयोग गरेर भखरै ट्रयाक खोल्ने काम सकिएको भएपनि सडकको फिनिसिङ्गको काम भने बाँकी रहेको आयोजनाका फिल्ड व्यवस्थापक विष्टले नेपालबोटलाई जानकारी दिए । मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सकिएपनि चार ठाउँमा पुल निर्माण हुन बाँकी रहेको छ । मुगुको लुमखोला, मुगुकै दर्केखोला, हुम्लाकोे लेवराखोला, र लोती नदीमा पुल निर्माण हुन बाँकी रहेको उनले बताए ।
विष्टका अनुसार सडक निर्माणमा परिचालन गरिएका ६४ समुह मध्ये ५४ समुह मुगु र १० समुह हुम्लाका थिए । सडक निर्माण कार्यमा १ हजार २ सय ८० जनशक्ति परिचालन गरिएको थियो ।
अन्तर जिल्ला जोड्ने उत्तः लिंक रोडको चार स्थानमा पुल निर्माण भएपछि र सल्लीसल्लामा २० देखि २५ मिटर सडक निर्माण कार्य सकिने बित्तिकै कर्णाली राजमार्गबाट मुगु हुँदै हुम्लाको सर्केगाडसम्म सडक सञ्चालन हुने छ । ट्रयाक खोलिएको सडकको चौडाईं ५ मिटर हुनेछ । मुगु–हुम्ला लिंक रोड निर्माणमा बेलायत सरकारको २ अर्व २४ करोड लागत लागेको लागेको बताइएको छ ।
जिल्ला यातायता गुरु योजनाको समेत प्राथमिकतामा परेको उक्त सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएपछि मुगुहुँदै यातायातका साधनहरु हुम्लासम्म सञ्चालनमा आउन थालेका छन् । सडकको ट्रयाक खोल्ने कामसँगै साना ट्रकहरु मार्फत दिैनिक उपभोग्य सामाग्री आयात गर्न शुरु भएको बताएका चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईले निकै लामो पर्खापछि चैखेली सडक सञ्जालमा जोडिएको प्रतिक्रिया दिए । ट्रयाक खोल्ने कामसँगै गाउँपालिका सडक सञ्जालमा जोडिएको छ’, यनले भने अब स्थानीय स्तरमा हुने विकासे गतिविधि देखि नागरिकको दैनिकीमा समेत निकै सहजता आउने छ ।’