सुर्खेत । आगामी आर्थिक वर्ष २०७७र७८ को लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।
आज (सोमबार) कर्णाली प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट प्रस्तुत गरे ।
पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
मन्त्री ज्वालाले वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख विनियोजन गरिएको मन्त्री ज्वालाले जानकारी दिए ।
एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम
प्रदेश सरकारले कर्णालीमा विद्यमान भोकमरी समस्यालार्य समाधान गर्न एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम संचालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गर्दै एक एक स्थानीय तह एक अन्न भकारी कार्यक्रम संचालन गरिने बताएका हुन् ।
नीजि, सहकारीसँगको समन्वय गर्दै भण्डारण क्षेत्र बढाइने मन्त्री ज्वालाले बताए ।
यस कार्यक्रममा लागि यसकालागि ५५ करोड विनियोजन गरेको मन्त्री ज्वालाले जानकारी दिए ।
अतिथि सत्कार खर्च कटौती
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अतिथि सत्कार खर्च कटौती गरिएको बताएका छन् । अनाश्यक खर्चका रुपमा रहेको अतिथि सत्कार खर्च कटौती गरिएको बताएका हुन् ।
सरकारका तर्फबाट मुख्यमन्त्री, मन्त्री, सचिव र कार्यालय प्रमुखलाई दिइदै आएको अतिथि खर्च कटौती गरिएको मन्त्री ज्वालाले बताए ।
त्यस्तै, आगामी आर्थिक वर्षमा कुनै पनि सवारी साधन खरीद गर्नमा रोक लगाइएको बताए । ‘एम्बुलेन्स बाहेकका अन्य सवारी साधन खरीद गर्न रोक लगाइएको छ ।’ उनले भने,‘यसले अनावाश्यक खर्च कटौती रोकिनेछ ।’
कर्णाली-प्रदेश-सरकारको-आ.ब.-२०७७-७८-को-बजेट-बक्तव्य