हुम्ला । जिल्लाको अदानचुली गाउँपालीकाले आफ्नै लगानिमा स्वाब मंगलबार स्वाब संकलन गरेको छ । भारत लगायत नेपालका बिभिन्न सहरी क्षेत्रबाट आएर बिभिन्न क्वारेन्टिननमा बसेका १४५ जनाको स्वाब संकलन गरेको छ ।
लकडाउन (बन्दाबन्दीक) का कारण गाउँपालिका बाहिर रहेका नगारिकर्ला उद्धार गरेर गाउँपालिका पु¥याएको अदानचुलीले क्वारेन्टिन अवधीमै उनीहरुको पिसिआरु परिक्षणका लागि स्वाव संकलन गरेको हो । बाहिरबाट आएका नागरीकहरु मध्ये १४५ जना र अग्रभागमा रहेर काम गर्ने गाउँपालिकामा कार्यरत स्वास्थ्यक्रर्मी सहित जनप्रतिनिधि, क्रमचारी,सुरक्षाक्रर्मी र सञ्चारक्रमी गरी १६५ जनाको स्वाब संकलन गरीएको गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।
अदानचुली गाउँपालिकामा ब्यबस्थापन गरिएका १४ वटा क्वारेन्टिन र होम क्वारेन्टिनमा बसेका सबैको स्वाव संकलन गरेर पिसिआर परिक्षण गर्न किट नपुग्ने भएपछि नमुनाका लागि समुहगत रुपमा ४५ प्रतिशत अर्थत १४५ जनाको स्वाव संकलन गर्ने काम भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताए ।
‘हामीले अहिले ३ सय वटा भिटिएम किट खरीद गरी ल्याएका थियौ’ अध्यक्ष फडेराले नेपालबोटसँग भने, ‘जसमा १ सय ६५ वटा किट मार्फत स्वाब संकलन गरी सकेका छौ भने बाँकी रहेका किटहरु अन्य नागरीकलाई परिक्षण गर्न सकिने वा तत्काल संक्रमण देखीए पनि आबश्यक पर्ने भएकाले हामीले सुरक्षीत राखेका छौ ।’
मंगलबार गाउँपालिकाले संकलन गरेका स्वाब मध्य वडा नम्बर १ का २४, वडा नम्बर २ का ३७, वडा नम्बर ३ का २३, वडा नम्बर ४ का १८, वडा नम्बर ५ का २९, वडा नम्बर ६ का १६, सर्केगाड गाउँपलिकाका २ जना र अन्य जिल्ला भन्दा बाहिराका गाउँपालिकामा कार्यरत क्रमचारी र सुरक्षाक्रमी गरी १६५ जना रहेका छन् ।
यसैगरी अदानचुली गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित ६ जना जनप्रतिनिधि, स्वास्थ्यक्रमी र क्रमचारी गरेर १३ जनाको स्वाव संकलन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
छ ।
मंगलबार (हिजो) संकलन गरीएको स्वाब परिक्षणका लागि आज (बुधबार) हेलीकप्टर मार्फत कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।
यस अघि बिभिन्न क्वारेनटाईनमा बसेकाहरु मध्ये १८४ जनाको आरडिटी टेष्ट गरीएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वासथ्य संयोजक महताराले बताए ।